प्रेम दिवस वा भ्यालेन्टाइन डे
रोम राज्यका चर्चका पादरी सेन्ट भ्यालेन्टाइनलाई रोमनहरुमा पनि विशेष गरेर त्यहाँका शेनाहरुले सम्झने अत्यन्त सम्मान, आदर गर्दै सम्झने महान दिन भनौ या पर्व नै भनौ :- रोमका सम्राट क्लाउडियस द्वितीयका पालामा उनैद्वारा रोमका शैनिकहरुका लागि लगाइएको कडा नियम :- सेनामा प्रवेश गरेका र गर्ने युवाहरुले प्रेम गरे या बिबाह गरे सैनिक सेवा नै प्रभावित हुने र सेनाको काम नै प्रभावित हुने कुराको उनै पाहरीले प्रतिवाद(विरोध) गर्दै सेनाहरुको पनि मनशाय बुझेर प्रेम मानव जीवनके जीवन बाँच्ने सुक्खद आधार भएको र अनुशाशनको दायराभित्र रहेर गरिएको प्रेममा मानिस मात्र हैन ईश्वर पनि खुशी हुने महान बिचार राख्ने रोम राज्यको चर्चका पादरी सेन्ट भ्यालेन्टाइन एक आदर र सम्मानका प्रतिक हुन् ।
जसले सेनाका युवालाई क्लाउडियसको नियम विपरित उक्त नियमको उलड्घन नै गरेर लुकेर विवाह गराए । जुन कुरा सम्राटले थाहा पाएर पादरी सेन्ट भ्यालेन्टाइनलाई विवाह गराएको अपराधमा फँसी नै दिइयो । पछी तिनै सैनिकहरुद्वारा उनलाई उनको यो अपूर्व त्याग र बलिदान सहितको योगदानकालागि सेना लगायत रोमका युवाहरुले सम्मान गरेर आदर गर्दै मनाइए यो दिवश र हामी विश्वका हरेक मानिसले पनि उनलाई सम्झदै र सम्मान गर्दै मनाउने हो यो भ्यालेन्टाइन पर्व अर्थात मायाँको दिवश तर यसका लागि मनको आदर ,भाव र श्रद्दा सुमन अर्पण गर्दा हुन्छ हामी सबैले उनलाई तर जहाँ (हाम्रो लगायत विश्वका कतिपय मुलुकमा) साँचो र असल प्रेम गर्न प्रतिवन्ध नै छैन; त्यहाँ यो दिवश फ़ज़ुल खर्च गरेर मनाउँनु पर्ने आवश्यकता पनि छैन तर पनि उनको यो अपूर्व त्याग र आदर्शलाई हरेक मानवले अतिनै सम्मान गरेर उनको तस्विरमा पूष्प गुच्छा अर्पण गर्दै मायाँलाई जीवन बाँच्ने उच्च र सुन्दर कला अर्थात Art of living को रुपमा मनाउँदा भने ख़ास फरक पर्दैन र जीवनका हरेक पल हरेक प्राणीसित मायाँ र स्नेह समर्पणमा बिताउन सके जीवन झनै सुन्दर हुने कुरामा पनि दुई मत नराख्दा हुन्छ हामीले ।
हुन त रोमन सम्राट क्लाउडियसले देशमा राखेको प्रेम र विवाह प्रतिको यस्तो कडा प्रतिबन्धको बिरुद्द गएर गर्नु पर्ने यो अति नै साहसको निर्णय थियो त्यो पनि युवाहरुकालागि स्वतन्त्रता प्रदान गरेर । यसरी उनले गरेको बलिदान र जीवन उत्सर्ग अनि उनको यो योगदानको सम्मानकालागि पादरी सेन्ट भ्याल्न्टाइन र उनका सत्कार्यलाई हार्दिक श्रद्दा सुमन सहित पूष्प गुच्छ अर्पण छ हाम्रो तर्फबाट सेन्ट भ्यालेन्टाइन
*शोभा खतिवडा काफ्ले लेखक, साहित्यकार, सामाजिक अभियन्ता तथा श्री शान्ति विद्यागृह उच्च मा. वि. लैनचौर; काठमाण्डौकी शिक्षिका हुनुहुन्छ । उहाँका राष्ट्रिय भावनाले ओतप्रोत भएका उत्कृष्ठ रचनाहरुले सच्चा देशभक्त नेपालीको मन जितेका छन । उहाँले साहित्यको माध्यमवाट देशको राष्ट्रियता, सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वाभिमानको विषयमा निरन्तर कलम चलाउदै आउनु भएकी राष्ट्रिय कवयत्री हुनुहुन्छ ।