लेखहरु

प्रेम दिवस वा भ्यालेन्टाइन डे

शोभा खतिवडा काफ्ले
शोभा खतिवडा काफ्ले

रोम राज्यका चर्चका पादरी सेन्ट भ्यालेन्टाइनलाई रोमनहरुमा पनि विशेष गरेर त्यहाँका शेनाहरुले सम्झने अत्यन्त सम्मान, आदर गर्दै सम्झने महान दिन भनौ या पर्व नै भनौ :- रोमका सम्राट क्लाउडियस द्वितीयका पालामा उनैद्वारा रोमका शैनिकहरुका लागि लगाइएको कडा नियम :- सेनामा प्रवेश गरेका र गर्ने युवाहरुले प्रेम गरे या बिबाह गरे  सैनिक सेवा नै प्रभावित हुने र सेनाको काम नै प्रभावित हुने कुराको उनै पाहरीले प्रतिवाद(विरोध) गर्दै सेनाहरुको पनि मनशाय बुझेर प्रेम मानव जीवनके जीवन बाँच्ने सुक्खद आधार भएको र अनुशाशनको दायराभित्र रहेर गरिएको प्रेममा मानिस मात्र हैन ईश्वर पनि खुशी हुने महान बिचार राख्ने रोम राज्यको चर्चका पादरी सेन्ट भ्यालेन्टाइन एक आदर र सम्मानका प्रतिक हुन् ।

जसले सेनाका युवालाई क्लाउडियसको नियम विपरित उक्त नियमको उलड्घन नै गरेर लुकेर विवाह गराए । जुन कुरा सम्राटले थाहा पाएर पादरी सेन्ट भ्यालेन्टाइनलाई विवाह गराएको अपराधमा फँसी नै दिइयो । पछी तिनै सैनिकहरुद्वारा उनलाई उनको यो अपूर्व त्याग र बलिदान सहितको योगदानकालागि सेना लगायत रोमका युवाहरुले सम्मान गरेर आदर गर्दै मनाइए यो दिवश र हामी विश्वका हरेक मानिसले पनि उनलाई सम्झदै र सम्मान गर्दै मनाउने हो यो भ्यालेन्टाइन पर्व अर्थात मायाँको दिवश तर यसका लागि मनको आदर ,भाव र श्रद्दा सुमन अर्पण गर्दा हुन्छ हामी सबैले उनलाई तर जहाँ (हाम्रो लगायत विश्वका कतिपय मुलुकमा) साँचो र असल प्रेम गर्न प्रतिवन्ध नै छैन; त्यहाँ यो दिवश फ़ज़ुल खर्च गरेर मनाउँनु पर्ने आवश्यकता पनि छैन तर पनि उनको यो अपूर्व त्याग र आदर्शलाई हरेक मानवले अतिनै सम्मान गरेर उनको तस्विरमा पूष्प गुच्छा अर्पण गर्दै मायाँलाई जीवन बाँच्ने उच्च र सुन्दर कला अर्थात Art of living को रुपमा मनाउँदा भने ख़ास फरक पर्दैन र जीवनका हरेक पल हरेक प्राणीसित मायाँ र स्नेह समर्पणमा बिताउन सके जीवन झनै सुन्दर हुने कुरामा पनि दुई मत नराख्दा हुन्छ हामीले ।

हुन त रोमन सम्राट क्लाउडियसले देशमा राखेको प्रेम र विवाह प्रतिको यस्तो कडा प्रतिबन्धको बिरुद्द गएर गर्नु पर्ने यो अति नै साहसको निर्णय थियो त्यो पनि युवाहरुकालागि स्वतन्त्रता प्रदान गरेर । यसरी उनले गरेको बलिदान र जीवन उत्सर्ग अनि उनको यो योगदानको सम्मानकालागि पादरी सेन्ट भ्याल्न्टाइन र उनका सत्कार्यलाई हार्दिक श्रद्दा सुमन सहित पूष्प गुच्छ अर्पण छ हाम्रो तर्फबाट सेन्ट भ्यालेन्टाइन

*शोभा खतिवडा काफ्ले लेखक, साहित्यकार, सामाजिक अभियन्ता तथा श्री शान्ति विद्यागृह उच्च मा. वि. लैनचौर; काठमाण्डौकी शिक्षिका हुनुहुन्छ । उहाँका राष्ट्रिय भावनाले ओतप्रोत भएका उत्कृष्ठ रचनाहरुले सच्चा देशभक्त नेपालीको मन जितेका छन । उहाँले साहित्यको माध्यमवाट देशको राष्ट्रियता, सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वाभिमानको विषयमा निरन्तर कलम चलाउदै आउनु भएकी राष्ट्रिय कवयत्री हुनुहुन्छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!