Uncategorized

सामाजिक बहस – विश्वप्रसिद्ध गढीमाई मेलामा हुने अत्याधिक पशुबली रोक्नुपर्छ भन्ने सामाजिक बहसमा तपाईको धारणा के छ ?

सामाजिक बहस

गढीमाई मन्दिर नेपालको बारा जिल्लामा रहेको तराईको प्रसिद्ध शक्तिपीठ हो । बारा जिल्लाको सदरमुकाम कलैया नगरपालिकाबाट झण्डै ८ किलोमिटर पूर्व बरियारपुरमा गढीमाईको मेला हरेक ५ वर्षमा मंसीर शुक्ल सप्तमीदेखि शुरु हुन्छ । नेपालका विभिन्न क्षेत्रबाट लाखौँ दर्शनार्थीहरू ओइरो लाग्ने यस पीठमा हजारौँ भारतीय दर्शनार्थीहरू पनि आउने गर्छन ।

१ महिनासम्म लाग्ने मेला विश्वप्रसिद्ध गढीमाई मेलामा हजारौ पशुहरुलाई बली दिने प्रचलन छ । यसरी हजारौं पशुको बली दिइने यो मेलामा पशुबली रोक्न पशुअधिकारकर्मीहरु तथा विभिन्न क्षेत्रबाट आवाज उठ्ने गरेको छ । गढीमाई मन्दिरमा पशुबली दिने पुरानो प्रचलनलाई परिर्वतन गर्नेतर्फ सोंच्नुपर्ने बुद्धिजीवीहरुको भनाई छ । तर बली प्रथालाई रोक्नुपर्ने सर्वत्र चर्चा भएपनि पुरानो धार्मिक परम्परा भन्दै मन्दिर ब्यवस्थापन समितिले भने बली नरोकिने प्रष्ट पार्दै आईरहेको छ ।

विश्वप्रसिद्ध गढीमाई मेलामा हुने अत्याधिक पशुबली रोक्नुपर्छ भन्ने सामाजिक बहसमा तपाईको धारणा के छ ?

१. ठिक
२. बेठिक

 

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!