विधि विज्ञानमा केमेष्टी इकाईमा के के को परीक्षण गरिन्छ ?
विधि विज्ञानमा केमेष्टीमा निम्न लिखित परीक्षणहरु गरिन्छ ।
१. इन्धनमा मिसावट :जस्तै पेट्रो ल, डीजेल आदिमा मिसावट गरेको पदार्थ र मिसावटको परिमाण पत्ता
लगाउन सकिन्छ ।
२. विस्फोटक पदार्थको पहिचान : निष्क्रिय पारिएको विस्फोटनमा प्रयोग गरिएको पदार्थको पहिचान गर्न
सकिन्छ । तर सक्रिय विस्फोटक पदार्थको विश्लेषणा गरिदैन ।
३. नक्कली उत्पादन पहिचान : प्रख्यात कम्पनीहरुको उत्पादनको नाउँ राखी नक्कली उत्पादन गरिएको वस्तुको
विश्लेषण गर्न सकिन्छ आदि ।
४. माटो परीक्षण : कुनै अपराध गरेको ठाउँमा र त्यसै सिलसिलामा प्राप्त भएको वस्तुमा भेट्टाइएको माटोको
तुलना गर्न सकिन्छ ।
५. औद्योगिक उत्पादनका मादक पदार्थहरुमा ethyl alcohol, ester, aldehyde, higher acids, total solids, total
residue आदिको प्रतिशत निर्धारणको साथै Chloralhydrate जस्ता मिसावटको पहिचान गर्न सकिन्छ ।
६. धातुको परीक्षण : जस्तै नक्कली/सक्कली सिक्काको पहिचान एवं अन्य धातुको पहिचान गर्न सकिन्छ ।
७. बाहय रुपमा प्रयोग गरिएको रासायनिक पदार्थ पहिचान : जस्तै मट्टितेल खन्याएर आगो लगाएकोमा बाँकी रहेको
सामानमा मट्टितेलको पहिचान, एसिड खन्याएर हत्या गरेकोमा मृत व्यक्तिले बचेको सामानमा एसिडको
पहिचान गर्न सकिन्छ आदि ।
८. विविध रासायनिक परीक्षण र प्रयोगशालाका अन्य इकाईबाट प्राप्त हुने रासायनिक परीक्षण सम्बन्धी
पदार्थहरु गर्न सकिन्छ ।