ज्ञानगुनका कुरा
प्रेरणा लिनु परेमा
मनुष्यले प्रेरणा लिनु नै पर्यो भने एक मात्र शाश्वत सत्य परायण छन् ति प्रत्यक्ष देव हुन् । सूर्य, चन्द्र, वायु, अग्नि, आकाश, जल किनकी यिनीहरुले न कहिल्यै विश्राम गरे, न पक्षपात गरे न आकाँक्षा राखे ।
प्रेरणा लिनु छ भने सूर्यसँग लिउ जो समभाव राखेर पक्षपात, बहाना विना आफ्नो समयमा उदाउने अस्थाउने कार्य गरि सृष्टिका जीवलाई ज्योति स्वरूप ज्ञान बाँढिरहेको हुन्छ ।
प्रेरणा लिनु छ भने, वायुसँग लिउ जो कुनै आग्रह विना जीवको प्राणको रूपमा स्थापित भै “श्रोतावायुश्चप्राणश्च ”
प्रेरणा लिनु छ भने चन्द्रमासँग सिक जसले विना स्वार्थ प्रत्येक दिन प्रत्येक कलाद्वारा संसारलाई अमृत वर्षा गर्दछन् ।
सिक्नु लिनु परेमा
सिक्नु नै छ भने माहुरीसँग सिक, फूलै–फूलबाट एक–एक थोपा– मिल्हौंमिल गएर आफ्नो चाकामा लिएर संसारको सबैभन्दा मिठो र गुणकारी मह बनाउँदछ । त्यो कसरी सम्भव भयो भने मात्र एउटा रानोको आदेशबाट संधै अर्थात्, उज्यालो हुने वित्तिकै रानो एक्लै वसेर सबैलाई प्रतिकूल ऋतुको लागि आफ्नो बाल वच्चालाई आवश्यक खाद्यान्न संकलन गरी संचय गर्नाका लागि, त्यो पनि कसरी सम्भव भयो भने
कुनै विराम नगरी आफ्नो नेताले भनेको आदेश विना तक–वितर्र्क पालन गर्ने स्वभाव भएकोले हो ।
सिक्नु नै छ भने माकुरोसँग सिक, जति पटक असफल भए पनि निराश नभई आफ्नो लक्ष्यलाई सफल पार्न गरेको सत्प्रयाश र आफू समाप्त भै आफ्नो सन्तततिको रक्षा गर्ने प्रवित्ति ।
सिक्नु नै छ भने कमिलाबाट सिक जो सृष्टिको सानोभन्दा सानो जीव भएर पनि यसले गरेको निर्माणको नमूना ।
“खोज्छन् सबै सुख भनि सुख त्यो कहाँ छ । आफू मिटाई अरुलाई दिनु जहाँ छ । ” उदाहरणको रूपमा यस सम्बन्धमा एउटा पौराणिक दृष्टान्त प्रकाश पार्न चाहन्छु ।
हनुमानले बच्चा वस्थामा सूर्यलाई फल सम्झेर खान गएको भन्ने प्रसङ्ग आउँछ । तर हनुमानले चाल नपाएर त्यसो गरेको होईन । किनकी हाम्रो शास्त्रले सूर्यलाई ज्ञानका देवता भनी (सबैलाई प्रकाश दिनु भनेको घोर अध्याँरोरूपी अज्ञानबाट प्रकाशको माध्यमद्वारा सबै भूतहरुको ज्ञान विना आकाँक्षा, विना आराम, विना पक्षपात निरन्तर आफ्नो धर्म पूरा गर्दछन् ।
तसर्थ हनुमाजीले सूर्य जस्तो ज्ञानी बन्न सूर्यको समिपमा जानु भएको हो । पटक–पटक जाँदा पनि सफल हुन नसकेको र जब ज्ञान लिने आफ्नो योग्यता पुयाई समिप जानु भयो तब सूर्यबाट ज्ञामन प्राप्त गरी “जय जय हनुमान ज्ञान–गुन सागर” भनेर ज्ञानी भक्त बन्नुभयो ।
* सुरेन्द्र प्रसाद सिग्देल लेखक हुनुहुन्छ ।