विज्ञानविज्ञान जिज्ञासा

ब्रह्माण्ड (Universe) भनेको के हो ?

प्रकृति, अन्तरीक्ष र समय, पदार्थर उर्जा, भौतिक नियम र सृष्टि सञ्चालन आदि सम्पूर्ण कुराहरू अटाउनेलाई ब्रह्माण्ड (Universe) भनिन् छ । ब्रह्माण्डभित्र सम्पूर्ण आकाशगंगा, तारा, ग्रह, उपग्रह आदि  पर्दछन । ब्रह्माण्ड जसलाई अङ्ग्रेजीमा “Universe” भनिन्छ, धेरैको विचार अनुसार महाब्रह्माण्डमा फैलिंदो स्थिति जसबाट चुँडिएको भागलाई ब्रह्माण्ड भनेर भनिन्छ । धेरैवटा ब्रह्माण्डको समूहलाई महाब्रह्माण्ड (Multiverse) भनिन्छ ।

ब्रह्माण्डका पुराना अंशहरूको अवलोकनबाट यो तथ्य फेला परेकोछ कि पूरै ब्रह्माण्डको सृष्टिमा एउटै स्थायी नियम रहेको छ। आजसम्म ब्रह्माण्डका विषयमा धेरै परिकल्पनाहरूर सिद्धान्तहरू अघि सारिए । जसमा कोपर्निकसले सूर्य केन्द्रित (heliocentric) अथवा “ग्रहहरू सूर्यलाई केन्द्र बनाएर घुम्छन् र सूर्य स्थायी हुन्छ” भन्ने परिकल्पना तयार गरे। यो भन्दा अघि संसारका धेरै भागहरू (भारत,ग्रीक,चीनआदि) का मानिसहरू सौरमण्डललाई पृथ्वी केन्द्रित (geocentric) मान्थे र सम्पूर्ण सूर्य र अन्य ग्रह पृथिवीको धुरीमा घुमेको मान्थे। वर्तमान वैज्ञानिक सिद्धान्त अनुसार ब्रह्माण्डको उत्पत्ति  महा विस्फोट (Big Bang) बाट भएको हो र यसपछि ब्रह्माण्डको विस्तार शुरु भएको हो ।

यो पनि पढ्नुहोस्

खगोल बिज्ञान भनेको के हो ? नेपालमा खगोल बिज्ञानको अवस्था कस्तो छ । 

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!