स्वास्थ्य

के आँखा पनि अल्छी हुनसक्छ ?

नेपालमा २०४६ सालको जनआन्दोलनपश्चात स्वास्थ्य क्षेत्रको विकासमा पनि उल्लेख्य प्रगति भएको पाइन्छ । हालैका केही वर्षहरुमा स्वास्थ्य प्रदायक संस्था तथा मेडिकल कलेजको संख्यात्मक वृद्धिले स्वास्थ्य क्षेत्रका विभिन्न विधामा दक्ष जनशक्तिको संख्यात्मक तथा गुणात्मक वृद्धि उत्साहजनक अवस्थामा छ । तर पनि नेपाली समाजमा व्याप्त गरीबी, अशिक्षा तथा अन्धविश्वासले गर्दा मानव स्वास्थ्यसम्बन्धी जनचेतनाको विकास यथोचित मात्रामा हुन सकिरहेको छैन । यसैगरी आँखा स्वास्थ्य सम्बन्धी जनचेतनाको पनि कमी नै छ । यसै परिप्रेक्षमा आज हामी ‘अल्छी आँखा’का विषयमा चर्चा गर्न गइरहेका छौं । आँखा पनि अल्छी हुन्छ भन्ने कुरा सुन्दा  हामीमध्ये धेरै जनालाई अचम्म लाग्न सक्छ । मान्छे पो अल्छी हुन्छ, यो पनि कहिं अल्छी हुन्छ र ? हो यो पनि अल्छी हुन्छ । अल्छी आँखालाई चिकित्सा विज्ञानको भाषामा एम्बलोपिया भन्ने गरिन्छ । हाम्रो बोलीचालीको भाषामा अल्छी आँखालाई लेजी आई भनिन्छ । सामान्य रुपले बाहिरबाट हेर्दा अल्छी आँखा स्वस्थ आँखा झै देखिन्छ । तर यसको दृष्टि क्षमता सामान्य आँखा भन्दा कमजोर हुन्छ । अल्छी आँखा भएको व्यक्तिले मधुरो देख्छ । उनीहरूमा  कहिलेकाहि डेढोपन पनि हुनसक्छ । सामान्यतयाः दृष्टि दोष भएको आँखाले चश्मा प्रयोग गरेपछि सामान्य व्यक्तिले स्पष्ट देख्नसक्छ । तर, अल्छी आँखा भएको  व्यक्तिले चश्माको प्रयोग गर्नासाथ सामान्यले झैं देख्न सक्दैन । तसर्थ, अल्छी आँखाको पहिचान र उपचार  कलिलो उमेरमा नै हुनु अत्यन्त जरुरी छ । त्यसैले बालबालिकाको सामान्य आँखा जाँच स्कूल भर्ना गर्नु अगावै गर्नु वेश हुन्छ ।

अल्छी आँखा कसरी चिन्ने ?

अल्छी आँखाका विशेष लक्षण हँुदैनन् । अल्छी यसको दृष्टि कमजोर हुने हुनाले कमजोर आँखा नै त्यसको प्रमुख लक्षण हो । यसबाहेक आँखाको गेडी दुख्ने र चाँडै थाक्ने, एकछिन पढ्ने बित्तिकै मधुरो देख्ने, टाउको दुख्ने र आँशु बग्ने हुन्छ । पढ्ने बेला किताबलाई आँखा नजिकै लैजाने, आँखा चिम्सो पार्ने र कहिलेकाहि डेढो हेर्ने हुन्छ । नजिकै गएर टेलिभिजन हेर्ने लक्षण देखाएमा अल्छी यसको शंका गर्न सकिन्छ । अल्छी आँखालाई ४ भागमा वर्गीकरण गरिन्छ । कलिलो उमेरमा दृष्टिदोषको उचित उपचार नहुनु, एउटा यसको पावरभन्दा अर्को यसको पावर ज्यादै भिन्न हुनु, डेढोपनको पहिचान र समुचित उपचार नहुनु, भिटामिन ए को कमी तथा कर्नियाको संक्रमण हुनु, आँखाको चोटपटक तथा फूलो पर्नु , सही पावर अनुसारको चस्मा प्रयोग नगर्नु, उमेर अनुसारको चस्माको पावर समायोजन गर्न नसक्नु नै अल्छी आँखा हुनुका प्रमुख कारण हुन् । यी बाहेक जन्मजात मोतिविन्दुको शल्यक्रिया नहुनु र मोटो चश्मा नलगाउनु, परेली झर्ने समस्याको उपचार नगर्नु आदि कारण पनि छन् ।

साभार : डा. आनन्द शर्मा, आँखा रोग बिशेषज्ञ , स्वास्थ्य खवरपत्रीका, २०७३ जेठ २४ गते प्रकाशित 

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

error: Content is protected !!