अन्तर्राष्ट्रिय समाचार

नासामा संस्कृत

अमरिकी अन्तरिक्ष एजेन्सी नासा (नेशनल एकेडमी फर स्पेस एडमिनिस्ट्रेसन) मा अाबद्ध हुने हरेक वैज्ञानिककाे प्रशिक्षण अवधिमा अनिवार्य रूपमा १५ दिनकाे संस्कृतकाे कक्षा लिनैपर्दछ। यसमा खासगरी आर्यभट्ट, वराहमिहिर जसता भारतका विद्वानहरूले प्रतिपादन गरेका वैज्ञानिक सिद्धान्तका साथै मय दानवकाे प्रसिद्ध सूर्य सिद्धान्त पढाइन्छ। सूर्य सिद्धान्तमा अाज भन्दा २ हजार ५ सय वर्ष पहिले सौरमण्डलका सम्बन्धमा प्रतिपादन गरिएका तथ्य र आजकाे वैज्ञानिक तथ्यहरूकाे तुलनात्मक अध्ययन गरिन्छ।

 नासाका अतिथि वैज्ञानिक, दिल्लीका डा. ओमप्रकाश पाण्डेयले जोधपुर प्रवासका क्रममा एक अखबारसँग विशेष कुराकानी गर्दै के बताए भने भारतवर्षकाे खगोल विज्ञान अत्यन्त समृद्ध थियाे त्यसलार्इ अब अहिले अाएर वेद र वेदांगका माध्यमबाट पश्चिमा वैज्ञानिकहरू सिकिरहेका छन्र। मय दानवले ५०० बीसीमा सूर्य सिद्धान्तका माध्यमबाट के प्रमाणित गरेका थिए भने पृथ्वी अाफ्नाे कक्षका साथै सूर्यकाे चारैतिर पनि परिक्रमा गर्दछ।

मय दानवले एक वर्षकाे समयावधि ३६५.२४ दिन बताएका थिए। वर्तमान वैज्ञानिक सिद्धान्तका अनुसार यसमा केवल १.४ सैकेण्डकाे मात्रै त्रुटि रहेकाे छ। मय दानवले बुधलगायत सबै ग्रहहरू र पृथ्वीकाे अाफ्नाे अक्षमा झुकेकाे प्रामाणिक जानकारी प्रकाशमा ल्याएका थिए। मय दानवकाे सिद्धान्त आर्यभट्ट र वराहमिहिरद्वारा लेखिएका पुस्तकहरूमा पनि उल्लेख गरिएकाे छ।

 साभार: एजेन्सीको सहयोगमा ओमकार दर्पण 

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

error: Content is protected !!