धर्म-सस्कृति

अहिलेसम्म कसैलाई थाहा नभएका महादेवका ५ रहस्यहरु

शिव हिन्दू धर्मको प्रमुख देवताहरू मध्यको एक ईश्वरको रुप हो। वेदमा यिनको नाम रुद्र भनिएको छ। भगवान शिव देवताका पनि देवता भएकाले उनलाई महादेव भनिन्छ भने ईश्वरका पनि ईश्वर भएकोले उनलाई महेश्वर भनेर चिनिन्छ । देवताका पनि देवता महादेव यस सृष्टिका आधारभूत कारण हुन् ।

पुराणका अनुसार उनले नै ब्रम्हा, बिष्णु तथा महेशको रुपमा सृष्टिको रचना, सञ्चालन तथा सम्भारको कार्य सम्हालेका थिए । उनलाई विश्वको प्रथम गुरु पनि भनिन्छ, जसले मानव जातिको कल्याणका लागि योग, तन्त्र, मन्त्र तथा अन्य विधिहरुको ज्ञान दिएका थिए । शिव पुराणमा महादेवका बारेमा यस्ता केही कुरा भनिएको छ, जुन एकदमै गुप्त मानिएको छ । अहिलेसम्म कसैलाई थाहा नभएका महादेवका ५ रहस्यहरु यस प्रकार छन्।

१. पिनाक धनुष

शिवको धनुषको नाम पिनाक हो । भनिन्छ, यस धनुषको झन्कारले पर्वत नै हल्लिने गर्थ्यो । यस धनुषको एउटै तीरले त्रिपुरासुरको सबै नगरीलाई समाप्त पारेको थियो । पछि यो धनुषलाई देवताहरुलाई दिए र देवताहरुले राजा जनकलाई दिए । यही धनुषले भगवान रामले सीताको स्वयम्बरमा भंग गरेका थिए।

२. चक्र

भोलेनाथको चक्रको नाम भवरेंद्ध हो । यद्यपी, धेरै कमलाई थाहा छ, कि भगवान कृष्णको सुदर्शन चक्रको निर्माण महादेवले नै गरेका थिए । पछि यस चक्रलाई विष्णुजीलाई दिइयो, र विष्णुले पार्वतीलाई, पार्वतीले परशुरामलाई दिए । त्यस्तै परशुरामले भागवान कृष्णलाई दिएका थिए ।

३. त्रिशूल

भगवान शिवको त्रिशूल दैहिक, दैविक तथा भौतिक कष्टहरुको विनाश गर्ने भनि चिनिन्छ । यो त्रिशूल अचूक तथा संहारक हुनका साथसाथै भक्तहरुको प्राणरक्षा पनि गर्छ ।

४. वासुकी नाग

भगवान शिवको घाँटीमा बेरिएको नागको नाम वासुकी हो । यसअघि कुनै पनि नागवंशको सुरुवात भएको थिएन । वासुकी नाग दोस्रो नागको राजा हो, पहिलो शेषनाग हो ।

५. १२ गण

शिवपुराणमा भगवान शिवको १२ प्रमुख गण बताइएको छ । जसका नाम क्रमशः भैरव, वीरभद्र, मणिभद्र, चंसि, नंदी, श्रृंगी, भृगिरिटी, शैल, गोकर्ण, घंटाकर्ण, जय र विजय हुन् । यसबाहेक पिशाच, दैत्य र राक्षसलाई पनि गण मानिएको छ ।

यो पनि पढ्नुहोस्

यस्तो छ सवैले एकपटक पढ्नैपर्ने गीताको सार

श्रीकृष्ण र गीता धर्म

गीतामा भगवान् कृष्णको वाणी

के हो श्रीमद्भगवद गीता ?

भगवान् कृष्णले किन मथुरा छोड्नु भयो भन्ने बारेमा एक किवदन्ती

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply