अचम्मको संसार

नागरिकले कर तिर्नु नपर्ने संसारका १० देशहरु

राज्यलाई कर तिर्नु कुनै पनि देशका नागरिकका लागि दायित्व भन्ने बुझिन्छ । तर दुनियाँमा यस्तोपनि देश छ जहाँका नागरिकहरुले राज्यलाई कुनै पनि प्रकारको कर तिर्नु पर्दैन । जहाँका नागरिकहरुलाई जति कमाए पनि छुट छ । त्यसमा राज्यले कुनै पनि प्रकारको अंकुश लगाउँदैन  यी हुन् ती देशहरु :

.बरमूडा 

बरमूडा भौगोलिक हिसावले सानो देश हो त्यहाँका नागरिकहरुले राज्यलाई कुनै पनि प्रकारको कर बुझाउनु पर्दैन

२.ब्रुनाई 

ब्रुनाईमा पनि नागरिकहरुले कुनै पनि प्रकारको कर राज्यलाई बुझाउनु पर्दैन । त्यहाँ रोजगारमा संलग्न कामदारहरुको लागि एउटा छुट्टै ट्रस्टको स्थापना गरिएको छ र उनीहरुले त्यहीँ कमाइको निश्चित रकम बुझाछन् ।

३. संयुक्त अरब इमिरेट्स

संयुक्त अरब इमिरेट्स एक त्यस्तो देश हो जहाँका जति पनि धनी नागरिकले राज्यलाई कुनै पनि प्रकारको ट्याक्स बुझाउनु पर्दैन । संयुक्त अरब इमिरेट्स तेलमा आत्मनिर्भर भएका कारण पछिल्लो केही दशकमै धनी राष्ट्रका रुपमा आफूलाई स्थापित गर्न सफल भएको देश हो ।

४. साउदी अरब 

साउदी अरबमा पनि नागरिकलाई कुनै पनि प्रकारको कर दिनु पर्ने व्यवस्था छैन । तर, त्यहाँ गएर व्यवसाय गर्ने प्रवासी व्यवसायीहरुले २० प्रतिशत ट्याक्स बुझाउनु पर्छ ।

५. बहमास

बहमासमा पनि कुनै पनि नागरिकले ट्याक्स बुझाउनु पर्दैन ।

६.कतार 

तेलको अथाह भण्डार भएको देश कतारमा धेरै मानिसहरु अत्याधिक धनी छन् र पनि उनीहरुले कुनै पनि प्रकारको ट्याक्स राज्यलाई बुझाउनु पर्दैन ।

 

७. ओमान 

ओमान पनि तेलमा आत्मनिर्भर देश हो । त्यहाँ पनि राज्यले नागरिकसँग कुनैपनि प्रकारको ट्याकस लिने गरेको छैन ।

८. कुवेत 

कुवेतमा पनि कुनै प्रकारको ट्याक्स सिस्टमबाट नागरिकहरु मुक्त छन् ।

९.क्यामन आइसल्याण्ड

यो देशमा पनि नागरिकहरु ट्याक्सबाट मुक्त छन् ।

१०. बहराइनः

बहराइनमा पनि राज्यले ट्याक्स लिदैन । तर, कर्मचारीहरुबाट भने उनीहरु इन्स्योरेन्सकालागि केही रकम राज्यले लिने गर्छ ।

साभार :   एजेन्सीको सहयोगमा खवर डवली डट कम

 

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

error: Content is protected !!