राष्ट्रिय समाचारसमाचार

विज्ञान प्रविधि तथा नव-प्रवर्तन नीति, २०७५ को मस्यौदा हस्तान्तरण


फागुन १७, काठमाडौं । राष्ट्रिय विज्ञान प्रविधि तथा नव-प्रवर्तन नीति, २०७५ मस्यौदा समितिले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई आफ्नो प्रतिवेदन बुझाएको छ । मस्यौदा हस्तान्तरण कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका विज्ञान तथा प्रविधि सचिव कृष्णराज विसी, मस्यौदा समितिका संयोजक प्रा.डा. दिनेशराज भुजु र अन्य सदस्यहरु लगायत मन्त्रालयका अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

मस्यौदा बुझ्दै मन्त्री पोखरेलले विज्ञान र प्रविधिलाई उत्पादन शक्तिको रुपमा लिनुपर्ने बताउनुभयो । विज्ञानलाई आत्मसात गर्न सकेमात्र विकास हुने बताउँदै मन्त्री पोखरेलले विज्ञान र प्रविधिलाई जीवन पद्धतीसँग जोड्नुपर्नेमा जाेड दिनुभयो । विज्ञान र प्रविधिलाई उच्चतम प्रयोग गरेर अघि बढ्नुपर्ने उहाँको भनाई थियो ।

सामाजिक, सास्कृति रुपान्तरण र समृद्धिको निम्ति विज्ञान प्रविधि अनिवार्य आश्यकता भएको मन्त्री पोखरेलले बताउनुभयो । मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री पोखरेलले नेपाललाई एक समुन्नत, गतिशील र समृद्ध राष्ट्रको रुपमा स्थापित गर्न नव-पर्वतनको भूमिका महत्वपुर्ण रहने चर्चा गर्नुभयो ।

समय सापेक्ष राष्ट्रको आवश्यकता तथा क्षमतामा आधारित विज्ञान प्रविधि तथा नव-पर्वतन नीति, २०७५ तर्जुमा गर्न नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत असाेज ९ गते मन्त्रिस्तरीय निर्णय गरी नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानका प्रा. डा. दिनेशराज भुजुको संयोजकत्वमा ९ सदस्यीय मस्यौदा समिति गठन गरेको थियो । समितिले ४ महिनामा आफ्नो प्रतिवेदन शुक्रबार मन्त्री पोखरेललाई बुझाएको हो ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!