मुख्य समाचारसमाचार

वागीश्वरीमा हठ योग साधना शुरु

चितवन, ३० बैशाख । भरतपुर महानगरपालिका वडा नं. १ वागीश्वरी स्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयमा यहि २९ गते आईतवारदेखि १ महिने हठयोग साधना शिविर शुरु भएको छ ।

२० औैं शताब्दीका प्रशिक्षण योगी स्वामी योगेश्वरानन्द सरस्वतीजी महाराजको योग परंम्परामा दिक्षित हुनुभएका योग गुरू अमनदीप सिंहले प्रत्यक्ष रूपमा दिक्षित गर्नुहुने उक्त शिविर जेठ महिना भरी चल्नेछ ।

हठयोग साधनाका गुढ विषयहरू आसन, प्राणायाम, क्रिया, बन्ध, मुन्द्रा, ध्यान, आदिको विषयमा सूक्ष्मतम ढंङ्गले शिक्षण गराइने उक्त शिविरको समय विहान ठिक ५ः०० बजेदेखि ७ः०० बजे सम्मको रहने छ ।

साधनाका क्रममा ३०० प्लस आसनहरू, ७५ प्लस प्राणायामहरू, ६ वटा क्रियाहरू र अनेकौ उपक्रियाहरू, १० वटा बन्ध, १० वटा मुन्द्राहरू र सास्वत ध्यान विधिको अध्यास गराइने जनकारी साधना व्यावथापन विभागकी सदस्य कल्पना आचार्यले जानकारी दिनुभयो ।

साधना शिविर पूणतः शास्त्रीय हुने र यसले साधकलाई असली योग विधिकोे ज्ञान प्राप्तहुने भएकाले गुरू अमनदीप सिंहको शिक्षणत्वमा यो शिविर आयोजन गरिएको चिकित्सालयका निर्देशक डा. हेमराज कोइरालाले बताउनु भयो ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!