घुमफिरटिप्स

घुम्न कतै जान लाग्दा सुटकेसमा सामान अटेन, यसो गर्नुहोस्

यदि तपाई कतै घुम्न निस्कदैँ हुनुुहुन्छ ? पक्कै पनि तपाईं छरितो, सहज, स्मरणिय यात्रा रुचाउँनु हुन्छ । तपाई पनि बिदामा कतै घुम्न जाँदा वा कामको सिलसिलामा कतै यात्रा गर्दा लैजानुपर्ने आवश्यक सामानहरु धेरै भएर प्याकिङ गर्दा सुटकेसमा सामान नअटेर हैरान हुनुभएको छ भने आज हामी कसरी प्याकिङ गर्ने भन्ने बारेमा तपाईलाई टिप्स दिदैछौ । तपाईले निम्न टिप्सहरु अपनाएर प्याकिङ गरेमा सबै आवश्यक सामानहरु एडजस्ट हुन्छन् र सजिलोसँग यात्रा गर्न सक्नुहुन्छ । घुम्न कतै जान लाग्दा सुटकेसमा सामान नअटेर हैरान हुनुभएको छ, यसो गर्नुहोस्।

यो पनि पढ्नुहोस्

घुम्न निस्किनु भन्दा अघि ध्यान दिनुपर्ने कुराहरु

धेरै बाँच्न चाहना भएमा यसो गर्नुहोस्

लामो आयु बाँच्नका लागि अपनाउनैपर्ने तरिकाहरु

बढि बाँच्न चाहनुहुन्छ भने रुनुहोस् मज्जाले

लामो आयु बाँच्नका लागि सधै रहनुस् यी चार कुराबाट टाढा

विवाहित अविवाहितभन्दा धेरै बाँच्छन्

मानिस चांडै बुढो हुने खराव बानीहरु

१. बेल्टहरुलाई सुटकेसको घेरा अनुसार राख्नुहोस् । यसरी राख्नाले रोल गर्दा भन्दा तुलनात्मक रुपमा थोरै ठाँउ लिन्छ ।

२. सुटकेश भित्र जुत्ता प्याक गर्दा तपाईले आफ्नो जुत्ता भित्र अट्ने ससाना चीजहरु राख्न सक्नुहुन्छ ।

३. यात्रामा पाइजामा वा हाफप्यान्टहरु आरामदायक हुने भएपनि जिन्स पहिरिनुहोस् । यसो गर्दा जाडोमा चिसोबाट बँच्न सकिन्छ भने तपाइर्ंले आफ्नो सुटकेशमा राख्नुपर्ने सामान पनि थोरै हल्का बनाउँछ ।

४. तपाई लामो यात्रामा निस्कनुभएको छ र तपाईले यात्राकै क्रममा कपडा धुन सक्नुहुन्छ भने कपडा सकेसम्म थोरै बोक्नुहोस् । हरेक प्रकारका कपडा मात्रै २ जोर बोक्नुहोस् । जस्तै २ वटा सर्ट, २ वटा प्यान्ट आदी ।

५. स-साना चीजहरुलाई सुटकेशको जिप कम्पार्टमेन्टमा राख्नुहोस् ।

६. धेरै कपडाहरुको लागि इन्टरविभिङ मेथड प्रयोग गर्नुहोस् । सुटकेशमा पहिला प्यान्ट र लामा वस्त्रहरु राख्नुहोस् । त्यस पछि ज्याकेट, सट्र्सहरु राख्नुहोस् । त्यस्तै कपडाको हरेक तहमा टिस्यु पेपर राखेमा कपडा खुम्चिँदैन ।

७. पासपोर्ट बर्थ सर्टिफिकेट लगायत महत्वपूर्ण कागजातलाई जिपलक ब्यागमा राख्नुहोस् । यसो गर्दा सबै डकुमेन्टहरु एकैठाउँमा रहन्छ ।

८. यदि यात्रामा समयमा तपाईले ल्यापटप, आइप्याड हेयरड्रायर, रेजर आदि साथमा लैजाँदै हुनुहुन्छ भने युनिभर्सल एडप्टर राख्नुहोस् ।

९. चाबी, सनग्लास, घडी आदी जिन्स वा ज्याकेटको पकेटमा राखेर तपाईले सुटकेसमा ठाँउ बचाउन सक्नुहुन्छ ।

१०. त्यस्तै कस्मेटिक सामानहरु पनि सानो अर्थात ट्राभल साइजमा खरिद गर्नुहोस् ।

११. मिक्स एण्ड म्याच प्याटर्नका कपडाहरु राख्नुहोस् । यसो गर्दा एउटासँग अर्को जुन कपडा लगाउँदा पनि म्याच हुन्छ र धेरै कपडा बोक्नुपर्दैन ।

Like & Follow us on Facebook

१२. ब्याग प्याक गरिरहनु भएको छ भने हल्का चीजहरुलाई तल र भारी आइटमहरुलाई माथि राख्नुहोस् । यसो गर्दा सामान धेरै अट्छ र ब्याग बोक्न पनि भारी जस्तो लाग्दैन ।

१३. आवश्यक सामाग्रीहरु सूची तयार गरी प्राथमिकताको आधारमा त्यसको व्यवस्था गर्नुहोस् ।

१४. सकेसम्म झोला-झाम्टा थोरै बोक्नुहोसस् । अनावश्यक भारी नबोक्नुहोस् ।

१५. पैदल यात्रा हो भने, नयाँ होइन बरु आफुले प्रयोग गरिरहेको जुत्ता, लुगाफाटो प्रयोग गर्नुहोस् ।

१६. मेकअप किट, काइयो, हेयर आयल, क्रिम तथा दाह्री-जुँगा खौरने मेशिन, परफ्युम आदि सुरक्षित ढंगले बोक्नुहोस् ।

१७. यात्राको क्रममा महंगा सामाग्री, घडी, गरगहना आदि प्रयोग नगर्नुहोस् ।

१८. आफुलाई आवश्यक हुने औषधी एवं फस्र्ट एड किट बोक्नुहोस् ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply