नीति

चाणक्य नीतिका अनुसार पुरुषले सधैं गोप्य राख्नुपर्ने ४ कुराहरु

चाणक्य नीतिका अनुसार पुरुषले सधैं गोप्य राख्नुपर्ने ४ कुराहरु ! चाणक्य प्राचीन समयका एक महान दार्शनिक तथा सम्राट चन्द्रगुप्तका सल्लाहकार थिए। उनले अर्थशास्त्र, राजनीतिशास्त्र आदिका महान ग्रन्थहरू रचना गरेका थिए।  उनले जीवनमा जो अनुभव प्राप्त गरे, जुन नियम बनाए ती आज पनि उत्तिकै सान्दर्भिक छन् । उनी कुटिल रणनीतिकार समेत थिए । चन्द्रगुप्त जस्ता एक सामान्य बालकलाई उनले भारतको सम्राट नै बनाईदिए । चाणक्य नीतिका अनुसार पुरुषले सधैं गोप्य राख्नुपर्ने ४ कुराहरु यस प्रकार छन ।

१. गोप्य राख्नुपर्ने पहिलो कुरा – दुःख

चाणक्य नीतिका अनुसार पुरुषहरुले गोप्य राख्नुपर्ने पहिलो कुरा हो दुःख । चाणक्यका अनुसार यदिमा मनका केही दुःख छ भने त्यो पनि कसैसँग अभिब्यक्त गर्नुहुँदैंन किनभने संसारमा सच्चा हितैषी एकदमैं कम हुन्छन् । हुनसक्छ जुन मानिससँग दुःख अभिब्यक्त गरिन्छ उसैले पिठ्युपछि यसको मजाक उडाउन सक्छ । जसका कारण यसले झन दुःखी बनाउँछ ।

२. गोप्य राख्नुपर्ने दोस्रो कुरा – अपमान

चाणक्य नीतिका अनुसार पुरुषहरुले गोप्य राख्नुपर्ने दोस्रो कुरा हो अपमान । भनिन्छ–ज्ञानी त्यही हो जो मान तथा अपमानलाई सदैव समान रुपमा लिन्छ । तर, यस्तै गर्न सक्नु एकदमै कठिन मानिन्छ । चाणक्यको भनाइ छ–जीवनमा मिलेको अपमानलाई कहिल्यै पनि अरुको सामुन्ने चर्चाको विषय बनाउनु हुँदैंन । हुन सक्छ तपाई अरुलाई भनेर मनको भावना पोख्न चाहनुहुन्छ परन्तु सुन्ने मानिसले यो कुरा दोस्रो मानिसलाई बतायो भने अपमान झन वृद्धि हुन्छ । यसकारण अपमानसँग जोडिएका घटना कहिल्यै कसैसँग पनि बताउनुहुँदैंन ।

३. गोप्य राख्नुपर्ने तेस्रो कुरा – घरको भित्री कुरा 

चाणक्य नीतिका अनुसार पुरुषहरुले गोप्य राख्नुपर्ने तेस्रो कुरा हो घरको भित्री कुरा । पुरुषले आफ्नो घरको भित्री कुरा कसैलाई पनि बताउनुहुन्न । विशेष गरी आफ्नी पत्नीको चरित्रका विषयमा अर्कोसँग कुनै पनि टिप्पणी गर्नुहुँदैंन । यसो गर्नालले पुरुषको प्रतिष्ठा र सम्मानको नाश हुन्छ । भविष्यमा उसले विभिन्न समस्याहरु सामना गर्नुपर्ने हुन सक्छ ।

४. गोप्य राख्नुपर्ने चौथो कुरा – धनको क्षति 

चाणक्य नीतिका अनुसार पुरुषहरुले गोप्य राख्नुपर्ने चौथो कुरा हो धनको क्षति । चाणक्य भन्छन–धनको क्षति भयो भने त्यसको बारेमा कसैलाई पनि भन्नु हुँदैंन । यसको कारण मानिसको प्रतिष्ठा नष्ट हुन्छ र मानिसहरुको उसको सम्मान गर्न छाड्छन् । मानिसहरु उसलाई मद्धत गर्नुको साटो उसको अवस्थालाई हाँसोको विषय बनाउँदछन् ।

यो पनि पढ्नुहोस्  

महिलालाई मलामी नलानुको कारणहरु

गोप्यता सम्वन्धी प्रेरक भनाईहरु

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply