कमारोको गीत
कमारोको गीत
म भन्छु दाजै यो उच नीच,
मेटेर मेटिन्न,
हीराको जून आकाश माथि
भेटेर भेटिन्न।
हे मेरो हजुर एकान्त रुन्छु,
रोएरै सकिन्छु,
धोबिको लुगा सरह सधैं
म पनि पिटिन्छु।
हात र पाउ बाँधेर दुवै
मलाई नकुट
मुटुमा काँडा घोचेर सधै
आराले नरेट।
म यसै मर्छु म उसै मर्छु
रेटेर मर्दिन,
छतिको माझ टाँसेको जून
नछोइ झर्दिन ।
-
- राणा समयमा बेचिएको कमारोको प्रेममय आलाप र वेदनाले भरिएको सत्य कथा हो ।
कृष्ण प्रसाईं लेखक, साहित्यकार हुन् ।