साहित्य-कला

कमारोको गीत

कृष्ण प्रसाईं
कृष्ण प्रसाईं

कमारोको गीत

म भन्छु दाजै यो उच नीच,

मेटेर मेटिन्न,

हीराको जून आकाश माथि

भेटेर भेटिन्न।

 

हे मेरो हजुर एकान्त रुन्छु,

रोएरै सकिन्छु,

धोबिको लुगा सरह सधैं

म पनि पिटिन्छु।

 

हात र पाउ बाँधेर दुवै

मलाई नकुट

मुटुमा काँडा घोचेर सधै

आराले नरेट।

म यसै मर्छु म उसै मर्छु

रेटेर मर्दिन,

छतिको माझ टाँसेको जून

नछोइ झर्दिन ।

 

    • राणा समयमा बेचिएको कमारोको प्रेममय आलाप र वेदनाले भरिएको सत्य कथा हो  ।

 

कृष्ण प्रसाईं लेखक, साहित्यकार हुन् ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!