साहित्य-कला

राष्ट्रियता

मेची हजुर कालीसम्म यो राष्ट्रको राष्ट्रियता
खै कसरी जोगाउने गठबन्धनको त्यो एकता
प्रदेश सातका नेपालीको एउटै चाहना राष्ट्रियता
दिगो सरकार गठनलाई कहिले होला यो एकता

विविध विचार अनेक कुरा कुनले पाउला खै बैधता
फेरि पनि अंकगणित नहोस हामीलाई यो बाध्यता
पार्टी मिलुन नेता मिलुन जोगाउन है राष्ट्रियता
तराई पहाड हिमालका नेपालीमा होस् एकता

कलह र बिग्रहमा नगिजोलिदेउ राष्ट्रियता
मिल आफू मिलाउ सबै जगाउ यहाँ राष्ट्रियता
बिकासको मूल फुटाउन ल्याउ नारा राष्ट्रियता
सबै पार्टी सबै जनता भूगोलको होस् यो एकता

*धातामणि पोखरेल साहित्यकार हुनुहुन्छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply