विज्ञान जिज्ञासा

कानले कसरी सुन्छ ?

कानको काम सुन्ने र सन्तुलन मिलाउने हो ।  हाम्रो काने विभिन्न ध्वनि सुनिरहेको हुन्छ । ताप र प्रकाश जस्तै ध्वनि पनि एक प्रकारको शक्ति हो । आखिर ध्वनि कसरी उत्पन्न हुन्छ र यसको प्रवाह कसरी हुन्छ त ?  कुनै वस्तुमा हुने कम्पनबाट ध्वनि उत्पन्न हुन्छ । हामीले घण्टीमा ठोक्यौं भने ध्वनि निस्कन्छ । बजिरहेको घण्टीलाई हालते छायो भने हामी कम्पन अनुभव गर्न सक्छौं । बोलिरहेको बेला आफ्नै छाती र घाँटी छुँदा पनि कम्पनि पाउन सकिन्छ । बजिरहेको रेडियो वा सङ्गीतका साधनहरू छोए पनि कम्पन थाहा पाइन्छ । कम्पनबाट जब ध्वनि उत्पन्न हुन्छ, त्यसपछि ठोस, तरल या ग्यास कुनै माध्यम मार्फत त्यसको प्रवाह हुन्छ । यो प्रवाह हाम्रा कानसम्म आइपुगेपछि हामी आवाजहरू सुन्छौं ।

आवाज कस्तो वस्तुले निकालेको हो भन्ने कुरा चाहिँ दिमागले चिन्छ र हामी त्यसको प्रतिक्रिया पनि व्यक्त गछौं । हाम्रा कानमा ध्वनि अनुभव गर्ने विशेष क्षमता हुन्छ । २० देखि २० हजार हर्जसम्मका ध्वनिहरू हाम्रा कानले सुन्न सक्छन् । ध्वनि तरङ्गका रूपमा एक ठाउँबाट अर्को ठाउँसम्म प्रवाहित हुन्छ । तरल र ग्यास माध्यममा भन्दा ठोस माध्यमबाट ध्वनिको प्रवाह छिटो र प्रभावकारी हुन्छ । शून्यमा ध्वनिको प्रवाह हुन सक्दैन । त्यसलै नजिकै भए पनि अन्तरिक्षयात्रीहरू एक-अपसमा कुरा गर्दा रेडियो सेटको सहायता लिने गर्छन् ।

यो पनि पढ्नुहोस्

दाँत किन झन्झनाउँछ ?

दाँत कसरी माझ्ने ?

दाँत र शारीरिक स्वास्थ्यको सम्बन्ध

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!