मुख्य समाचारराष्ट्रिय समाचार

१० बर्षे रणनीति बनाउँदै विज्ञान तथा प्रविधि मन्त्रालय

माघ २७, काठमाडौं । नेपाल सरकार विज्ञान तथा प्रविधि मन्त्रालय विज्ञान प्रविधि र आविष्कार सम्बन्धी नयाँ रणनीति बनाउने  गृहकार्यमा जुटेको छ । यस मन्त्रालयले संघीय संरचना अनुसार विज्ञान, प्रविधि र आविष्कारसम्बन्धी कामलाई गति दिन तथा अनुसन्धान र विकासका प्राथमिकताका क्षेत्र पहिचान गर्न दश बर्षे रणनीति बनाउन लागेको हो । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा मन्त्रालयले रणनीति निर्माणका लागि आन्तरिक गृहकार्य गरिरहेको छ । यसका लागि आवश्यक सुझाव संकलन गर्न ७ वटै प्रदेशमा छुट्टाछुट्टै अन्तक्र्रिया समेत सम्पन्न गरिसकेको छ ।

विभिन्न क्षेत्रका विज्ञसँग नेपालमा विज्ञान, प्रविधि तथा आविष्कारको विकास, वर्तमान स्थिति र भविष्यको अवधारणा विषयमा मन्त्रालयले सुझाव संकलन गरेको छ । विभिन्न समिति गठन गरेर लिखित सुझाव समेत मागिएको छ । नेपाल विज्ञान र प्रविधिको क्षेत्रमा अहिले कहाँ छ, हाम्रा प्राथमिकता के हुन्, यसबारे मन्त्रालयले विज्ञसँग छलफल गरिरहेको छ ।

मन्त्रालयले राष्ट्रिय योजना आयोग, मन्त्रालयका उच्च अधिकारी, विश्वविद्यालयका प्राध्यापक र विज्ञसँग लिखित सुझाव मागेको छ। नीति भए पनि काम गर्न आवश्यक रणनीति नहुँदा ठोस परिणाम निस्कन नसकेको मन्त्रालयले स्वीकार गरेको छ । अहिलेसम्म यस क्षेत्रमा उल्लेख्य काम गर्न नसकेको भन्दै आलोचना हुँदै आएको बेला विज्ञान तथा प्रविधि मन्त्रालयले प्राथमिकताका क्षेत्र छुट्याएर काम गर्न लागेको हो ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!