स्वास्थ्य

कान कराउने रोगको उपचार

रोगको निदान

इएनटी (नाक, कान, घाँटी) रोग विषेशज्ञद्वारा यस रोगको परीक्षणका लागि एक किसिमको जाँच गराइन्छ जसलाई अडियोमेर्टरी भनिन्छ यो बहिरोपन नाप्ने तरिका हो रिपोर्ट हेरर चिकित्सकले के गर्ने भनेर सल्लाह दिन्छ

 

भावी फल

यस रोगको कुनै औषधि हुँदैन यसको उपचार भनेको कानमा (हेयरिङएड) लगाउने हो यसबाट आवाज प्रस्त सुनिन्छ

 

उपचार

एलोप्याथिक चिकित्सामा यस रोगलाई निको पार्न गाह्रो हेयरिङएड कानमा लगाउन सल्लाह दिइन्छ यस यन्त्रले आवाज ठूलो पारेर कानभित्र पठाइदिन्छ व्यक्तिले राम्ररी सुन्नसक्छ यो कान सुन्ने यन्त्र विभिन्न आकारप्रकारमा उपलब्ध छन्

 

होमियोप्याथिक उपचार

होमियोप्याथिक उपचारबाट समस्या हटाउन सकिन्छ होमियोप्याथिक औषधिको विशेषता भनेको यसमा अन्य नकारात्मक प्रभाव हुँदैन होमियोप्याथिक औषधिले सोझै हाम्रो शरीरको मुख्य नियन्त्रक अर्थात् मस्तिष्क स्नायुहरूमा प्रभाव पारेर मस्तिष्कद्वारा पीडित अंग या ग्रन्थीलाई दुरुस्त हुने प्रेरणा पठाउँछ यो एक स्वउपचारको सही तरिका हो यी औषधि नियमानुसार प्रयोग गर्ने हो भने कान बज्ने रोगबाट सदाका लागि सजिलैसित छुटकारा पाउन सकिन्छ

साभार : अन्नपूर्ण पोस्ट डा. लालितकुमार मिश्र,  शुक्रवार, साउन २८, २०७३

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।