पिसाब चुहिने समस्याको निदान
मूत्र संक्रमण जस्तै पिसाब चुहिने पनि स्त्रीमा देखा पर्ने एउटा व्यापक समस्या हो । यो जुनसुकै उमेरमा पनि हुन सक्दछ तर जति उमेर बढ्दै गयो त्यति नै यो बढ्दै जाने हुन्छ । पिसाब चुहिने समस्या धेरै थरीका र विभिन्न कारण संलग्न हुन्छन् । अहिले पेटभित्र एक्कासि चाप बढ्दा देखा पर्ने पिसाब चुहिने अवस्थालाई समेट्ने प्रयत्न गरिएको छ ।
पिसाब थैली भरि वा केही मात्रामा मूत्र सन्चय भएको अवस्थामा एक्कासि खोकी वा हाछ्यू आए पेट भित्र चाप बढ्दछ । फलस्वरूप मूत्र थैलीको घाँटी र मूत्र नली कमजोर भएका स्त्रीहरुमा यस्तो अवस्थामा पिसाब चुहिने हुन्छ । गुरुङ्गो बोझ बोक्दा, शाररीक व्यायाम गर्दा र यौन सम्पर्क राखेको अवस्थामा पनि पिसाब चुहिन सक्छ । पिसाब चुहिने नगन्य मात्रा भन्दा बढी भए भित्री लुगा भिज्ने, समयमै सफाइ गर्न नभ्यए मूत्र गन्हाउने, यौनाङ्ग चिलाउने वा त्यतातिर घाउ खटिरा देखा पर्ने, मूत्र संक्रमण हुने जस्ता समस्या उत्पन्न हुन सक्छन् ।
गर्भ धारण, प्रसव क्रिया, शरीरको उच्च तौल, ५५ वर्षमाथिका स्त्रीले हर्मोनको सेवन गर्नु, मधुमेह, डिमेनसिया (स्मृतिभ्रांश र पाठेघर शल्य विधिबाट निकालिएकाहरू । पिसाब निस्किए समस्याको निदानका निम्ति स्त्रीले दिएको विवरणका आधारमा चिकित्सकले निक्र्योल गर्नुपर्छ । तर योनीबाट असामान्य मात्रामा पानी बग्दा वा मूत्रनलीको संक्रमणका कारणले तरल पदार्थ चुहिएर पिसाब रोक्न नसकेको भान पर्नसक्छ । त्यसका लागि कुन अवस्थामा भिज्ने क्रम सुरु भयो ? खोक्दा, हाछ्युँ गर्दा, गह्रुँगो बोझ बोक्दा, सम्भोग गर्दा वा त्यस्तै के गर्दा पिसाब चुहिने हुन्छ ? त्यसबारे परामर्श गरेर सबै कुरो राम्रोसँग थाहा पाउनुपर्छ ।
पिसाब च्यापेको समयमा खोक्न लगाएर यो अवस्थाबारे यकिन गर्न सकिन्छ । त्यसबाहेक कुन प्रकारको पिसाब चुहिने समस्या हो, त्यसको निदान गर्नुपर्छ । पीडितको रक्त परीक्षण, पिसाबको जाँच र कीटाणु उमार्ने परीक्षणबाहेक पेटको अल्ट्रासाउन्ड गरेर मिर्गौला, मूत्रथैली र पाठेघरको अवस्थाबारे सबै सूचना प्राप्त गर्नुपर्छ । आवश्यकताअनुसार सिस्टोस्कोपी भन्ने दूरविनले पिसाबको थैली हेर्ने जाँच गर्नुपर्ने हुन्छ ।
त्योबाहेक मूत्र थैली, पाठेघर र मोटो आन्द्राको तल्लो भाग झर्ने तथा योनीको पछाडिको भाग खस्ने र भित्र सरेको अवस्था भए नभएको यकिन गर्नुपर्छ । सँगै देखा परेका विकारहरूको पनि साथै उपचार नभए पूर्ण स्वस्थताको अनुभूति नपाउन सक्छ ।
साभार- अन्नपूर्ण पोस्ट, प्रा.डा. अर्जुनदेव भट्ट, शुक्रवार, साउन २८, २०७३ प्रकाशित
यो पनि पढ्नुहोस्