विज्ञान जिज्ञासा

मानिसलाई डर किन र कसरी लाग्दछ ?

मानव जीवनमा कसै कसैले धेरै दुःखदायी, अकल्पनीय र आफु मर्माहित हुने घटनाहरू देख्नु परेको हुन्छ वा भोग्नु समेत परेको हुन सक्छ। मानिसलाई शारीरिक पीडा बाहेक मानसिक पीडा पनि हुन्छ । मानसिक पीडा शारीरिक पीडा जस्तो बाहिर नदेखिने हुँदा यसलाई व्याख्या गर्न गाह्रो पर्दछ । डर पनि वास्तवमा एक किसिमको मानसिक पीडा नै हो । हुन त डर किन लाग्छ भन्ने सम्बन्धमा जीव विज्ञानका ज्ञाताहरुले शरीरमा मृगौलासँगको एडरेनल मेडुला भन्ने अंगबाट हर्मोनहरु बढता निस्कियो भने मानिसलाई डर लाग्दछ भनेका छन् । तर डर अघि भने जस्तै शारीरक भन्दा पनि मानसिक तनावबाट उत्पन्न हुने अनुभव हो । हामीलाई सधैं र सबै परिस्थितिमा डर लाग्दैन । कुनै खास स्थितिमा मात्र डर लाग्दछ । यस कारण तुरुन्तै निराकरणका लागि सबैभन्दा राम्रो उपाय त त्यस परिस्थितिलाई त्यागी दिनु हो । जस्तो भनौ कसैलाई राति एक्लै हिड्न डर लाग्दछ भने नहिड्नु राम्रो कुरा हो । अर्काे कुरा आत्मबल बढाउनु पर्दछ ।

आत्मबलले त मानसिक मात्र हैन शारीरिक पीडा समेत कम गर्दछ । जति छिटो र जति बलियो गरी डर र नकारात्मक सोचाइलाई च्यालेन्ज गर्न सक्यो, त्यति चिन्तारोग कम हुँदै जाने हो । आफ्नो मनको कुरा वा डरलाई लुकाएर राख्नु हुदैन । आफ्नो मन मिल्ने साथी वा विश्वासिलो परिवारको सदस्य वा आवश्यक परे चिकित्सक वा काउन्सेलरलाई बताउनु पर्छ । चिकित्सक वा काउन्सेलरले डर घटाउन केहि तरिका, डरको कारण समेत बताउँनेछन् जसले समस्या हटाउँन भूमीका खेल्छ ।

 

 

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

error: Content is protected !!