अन्तर्राष्ट्रिय समाचार

किसानले फलाए मान्छेको पाइताला जस्तो मुला

माघ । किसानले फलाए मान्छेको पाइताला जस्तो मुला ।  एक जना किसानले आफ्नो बारीमा ठ्याक्कै मानिसको पाइताला जस्तै आकारको बडेमाको मुला फलाएपछि त्यसले ठूलै चर्चा पाएको छ । अहिले त्यो अद्वितीय मुलालाई सहरमा प्रदर्शनीमा राखिएको छ र मुला हेर्ने मानिसहरुको घुइँचो नै लागेको छ । समाचार जापानको हो । ३० सेन्टिमिटर लामो यो मुला डेढ केजी तौलको छ । जापानी कृषक योकिहिरो इकोचीले आफ्नो कृषि फार्ममा यो अचम्मको मुला उब्जाएका हुन् ।

यो मुलाको टुप्पो अन्य मुलाको जस्तो साँघुरिएको चुच्चो छैन, उल्टै फैलिएको छ । मुलाको टुप्पोमा मानिसको खुट्टाका औँला जस्तै पाँचवटा टुसा पलाएका छन् । टुप्पोमा औँलाको आकृति भएपनि फेँदमा कुर्कुच्चा भने छैन, अन्य मुलाको जस्तै घाँस पलाएको छ । आफ्नो बारीमा फलेको मुलालाई खानुको साटो किसान योकिहिरोले यसलाई सुरक्षित राखेर सबैलाई देखाउने इच्छा गरे । फलस्वरुप यो मुला अहिले एयागावा सहरमा प्रदर्शनीमा राखिएको छ ।

 

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

error: Content is protected !!