कृषिराष्ट्रिय समाचार

कृषि उद्यम केन्द्रलाई पच्चीस करोड अनुदान

काठमाडौं, असोज २६ । मुलुकका विभिन्न जिल्लाहरुमा कृषि उत्पादनको बृहत्तर सम्भावनालाई ख्याल गर्दै निजी साझेदारी अन्तर्गत कृषि विकास मन्त्रालयले उद्योग वाणिज्य महासंघसंग सहकार्य गरी सञ्चालन गरेको एक गाउं एक उत्पादन कार्यक्रमले चालु आर्थिक बर्षमा पनि सहयोग हात पारेको छ । कृषि विकास मन्त्रालयले ०६५ सालदेखि १० जिल्लाबाट शुरु गर्ने गरी आर्थिक सहयोग गर्दै आएको सो कार्यक्रमको करिव आठ बर्षको अवधिमा तीन दर्जन भन्दा बढी जिल्लामा सो कार्यक्रम सञ्चालन गर्न सफल भएको महासंघले जनाएको छ ।

महासंघ अन्तर्गतको कृषि उद्यम केन्द्रले सञ्चालन गर्दै आएको एक गाउं एक उत्पादन (ओभिओपी) र एक जिल्ला एक उत्पादन (ओडिओपी) का कार्यक्रम कार्यान्वयनका लागि अहिले जिल्ला जिल्लामा हस्तान्तरण गर्ने कार्यले तीव्रता पाएको छ । कृषि उद्यम केन्द्रले चालू आर्थिक वर्ष ०७३/७४ मा सञ्चालन गरिने कार्यक्रम मन्त्रालय र योजना आयोगबाट स्वीकृत गराई सकेकाले अहिले जिल्लामा धमाधम पठाउने कार्य गरेको केन्द्रले जनाएको छ ।
कृषि विकास मन्त्रालयले आर्थिक अनुदानमा सञ्चालित सो कार्यक्रम अहिले महासंघ मातहतका १ सय ५ उद्योग वाणिज्य संघलाई कार्यक्रम हस्तान्तरण गरिएको हो । जिल्लामा रहेका व्यवसायीले केन्द्र र मन्त्रालयबाट प्राप्त सहयोगका आधारमा कृषि क्षेत्रमा थप लगानी गर्दै आएको समेत केन्द्रले जनाएको छ । कृषिबाटै समृद्धि हासिल गर्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै सरकारले दिएको अनुदान रकमका कारण व्यवसायीहरुलाई कृषिमा लगानी गर्नका लागि आकर्षित गर्ने केन्द्रका कार्यकारी निर्देशक प्रदीप महर्जनले बताएका छन् ।

सो कार्यका लागि कृषि विकास मन्त्रालयले चालु आर्थिक बर्षका लागि २५ करोड केन्द्रका नाममा छुट्याएको कृषि विकास मन्त्रालय योजना महाशाखाले जनाएको छ । सो कार्यक्रम कालागि पहिलो बर्षका कृषि विकास मन्त्रालयले उद्यम केन्द्रलाई करीव ५ करोड अनुदान उपलब्ध गराएको भएपनि सो रकम बढेर अहिले २५ करोड पुगेको बताइएको छ ।

साभार : कृषि अनलाईन

 

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!