खानपानस्वास्थ्य

स्वास्थ्यका लागि गरम पानी खानुका फाइदाहरु

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

स्वास्थ्यका लागि गरम पानी धेरै उपयोगी मानिएको छ । गरम पानी भरखर शुरु भएको ज्वरोको लागि धेरै महत्वपूर्ण सावित भएको छ । हिक्का, सास, वातको समस्या हल गर्दछ । गरम पानीको सेवन गर्नाले कामाग्निलाई उत्येजित गर्दछ । काम वासना कम्जोर हुनेहरूले गरम पानी सेवन गर्नु राम्रो भनेको छ ।

पेट फुल्ने, खोकी लाग्ने, रूघाको समस्या हुनेहरूका लागि समेत गरम पानी उत्तम मानेको छ । गरम पानीलाई प्राकृतिक चिकित्सामा पाचक भनेको छ । मुख र गला सफा गराउन गरम पानी जस्तो उत्तम अरू नहुने भनेको छ । कफ, फ्याटि लिभर, श्वाद, छालाका रोग र सवै किसिमको पेटको रोगमा समेत गरम पानी स्वास्थ्यवर्धक भनेको छ ।

गरम पानीको साहेताबाट ठिक हुने रोग यस्ता छन्

१. सवै किसिमको पेटका रोगीले नियमित गरम पानी सेवन गर्नाले पाचन रस पैदा गराई सवै रोग हटाउन मदत्त गर्दछ ।

२. पेटमा पानी भरिने रोग जलोदरमा पनि नियमित गरम पानी पिउनाले पसिना आई क्रमश: पेटको पानी सुक्न थाल्दछ ।

३. मोटाउदै जानु, पत्थरी र पेटको शुलमा पनि गरम पानीले राम्रो फाइदा गर्दछ ।

४. उमालेर चिसो बनाई राखेको पानीको फाइदा :

दाहातिसारपित्तासृङ्मूर्छामदविषार्तिषुशृतशीतजलं शस्तं तृष्णाछर्दिकभ्रमेषु च । अनभीष्यन्दि लघु च तोयं क्वथितशीतलं पीत्तयुक्ते हितं दोषेSध्युषितं तत्त्रिदोषनुत् ।।

भाव अर्थ : पेट पोल्ने, पखला लाग्ने, पित्त, रक्त (दोष), मूर्च्छा, मदिरा जन्य पदार्थको सेवन वा विषको सेवन गरेर भएको अवस्थामा, प्यास, उल्टी,चक्कर आदिमा उपयोगी छ ।

५. गरम पानीको लक्षण :

निष्पाद्यमानं निर्वेदं निष्फेनं निर्मलं भवेत् । अष्टावशिष्टं यद्वा तत् तदुष्णोदकमुच्यते ।। तत्पादहीनं पित्तघ्नं हीनमर्धेन वातनुत् । कफघ्नं पादशेषं च पानीयं लघुदीपनम् ।। अथ पवननिमित्ते तत्त्रिभागावशिष्टं भवति कफनिमित्ते तच्चतुर्थावशिष्टम् । सलिलमणि च पैत्ये सार्धभागावशिष्टंइति सकलविधिः स्यात् सर्वरोगप्रशान्त्यै ।।

भाव अर्थ : राम्रोसंग गरम गर्दा गर्दै बचेको ८ औं भाग पानीलाई उष्णजल वा पानी भन्दछन् । यसरी पकाएर बनाएको पानीले वाथ, पित्त, कफ नष्ट पार्दछ । पाचनतन्त्र ठिक हुनाले अनेकौं रोगबाट बचाउने काम गर्दछ । अनुपान भेद अनुसार फरक-फरक तरिकाबाट गरम गरेको पानीले फरक-फरक रोगमा राम्रो फाइदा गरेको पाइन्छ ।

यो पनि पढनुहोस्

स्वास्थ्यको लागि कागती पानी खानुका फाइदाहरु

स्वास्थ्यको लागि सुन्तला खानुका फाइदाहरु

स्वास्थ्यको लागि रुख कटहर खानुका फाइदाहरु

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!