न्याउलीको भाका;बुझ्ला र कस्ले ?
-शोभा खतिवडा काफ्ले
हे बनकी चरी न्याउली बनी तिमीले कुन गित पो हौ गाएकी ?
तिम्रो त्यो मनको बिरहको ब्यथा नि कस्लाई पो हौ सुनाकी ?
मनका यी भाखा कोइलीका जस्ता नगाइदेऊ रुन्छ है यो मन!
यो तिम्रो यस्तो मायालु रुपले यो हृदय नै टुक्रिन्छ है झन्!!१
विज्ञानको भाखा ज्ञानी युवा बुझ्छन मनले ज्ञान हाँक्छन् !
बनको भाखा हे न्याउली तिम्रो मनले बुझेर गाउँदछ झन् !!
हे, न्याउली तिम्रो यो बिरह व्यथा म मेरो मनमा लुकाऊँ कि!
कि तिम्रो भाषा विज्ञानको सुन्दर ज्ञानलाई पढ्न म लाऊँ कि !!२
कतै तिमीले प्रितिको नौलो गीत यो बनमा नै गायौ कि ?
अनि यो बनमा नि बिरहमा न्याउली तिमी कति रोयो कि !
कतै बिरहको कथा यो बनमा न्याउलीलाई नै सुनायौ कि!
यो नौलौ ठाउँमा तिमीले प्रिति नौलो कतै पो लायो कि ३
भन न भन् ;हे प्यारी चरी ;यो मिठो भाका कस्लाई पो हो ?
त्यो तिम्रो प्यारो न्याउली चरो परदेश नै पो गएर पो हो ?
लौ छिटो आउला उ पिरति लाउला; यो भाका बुझ्ला नि !
न गाऊ न न्याउली तिमी यसरी बसी; मन कति रोला नि ?!४
कतै मनको भाकालाई मिठो पारि गाउन हरदम् नै तयार छ!
कतै पिरतिमा मस्त भै रम्न झनै न्याउली रुँदै गाउँदै पो छ!!
म भन्छु न्याउलीलाई तिमी बिरहको गीत अव नगाई देऊ!
यो स्वार्थी संसारमा तिमी अव कतै नै पिरति नलाई देऊ !५
तिम्रो यो मुटु छाम्न सक्ने न्याउली छ र अर्को यो बनमा ?
तिम्रो जस्तो असल अर्को कुनै मुटु छ र अर्को यो ठाउँमा
बरु यो सुन्दर बनको एउटा शरद गीत अव तिमी नै गाऊ !
बसन्तको सबै सौन्दर्यको भाका मिठो त्यसमा लौ सुनाऊ !!६
बरु म तिम्रा यी बिरहका गितलाई यो मुटुमा भरी लेख्छु!
रगतको रातो यो मसीको भाका मिठो यहि मुटुमा नै कोर्छु
यी बिरहका तिम्रा भाकालाई बनको कोइलीले गाओस् है
तिम्रो यी पिडालाई खुशीका शव्दसित यो मनले साटोस् है ७