लेखहरु

नेपालका CNN हिरो बिजेताहरु

नेपालका CNN हिरो बिजेताहरु

१. अनुराधा कोइराला – CNN हिरो 2010 (माइती नेपालकी संस्थापक अध्यक्ष)

Anuradha Koiraala

उनले आफ्नो माइती नेपाल नामक सेवामुलक गैरसरकारी संस्था मार्फत बेचिएका चेलीबेटीको उद्वार गरेकी छिन्। खासगरी भारतीय कोठीहरूमा बेचिएर नारकीय जीवन विताउन वाध्य भएका नेपाली चेलीबेटीहरूको उद्वार तथा पुनर्स्थापनामा उनको संस्था कृयाशील छ। यिनले २०१० CNN Hero को उपाधि पाएकी थिइन ।

२. पुष्पा बस्नेत – CNN हिरो 2012 (प्रारम्भिक बाल विकास केन्द्र र पुतली घर संस्थाकी संस्थापक अध्यक्ष)

pushpa-basnet

पुष्पा बस्नेत नेपालमा कार्यरत समाजसेवी तथा प्रारम्भिक बाल विकास केन्द्र (ECDC) र पुतली घर नामक सेवा मुलक संस्थाकी संस्थापक/अध्यक्ष हुन। जेलमा रहेका मातापिताको सन्तानको अधिकारका लागि कार्यरत पुष्पा बस्नेत २०१२ का लागि सिएनएन हिरो घोषित भएकी छिन्।

३. म्यागी डोयन – CNN हिरो 2015 (नेपालकी छोरी)

maggie-doyne

विभिन्न कारणले बाबु-आमा गुमाएका अनाथ बालबालिकालाई खोजेर पालनपोषण र शिक्षादिक्षा दिँदै आएकी अमेरिकी महिला हुन । सुर्खेत, वीरेन्द्रनगर, भैरवस्थानमा उनले कोपिला भ्याली सेवा समाजको नाममा विद्यालय चलाएकी छन्। सीएनएन हिरो २०१५ घोषित भएपछि उनले छोरीको रुपमा नेपाल र नेपालीले आफूलाई स्वीकार गरेकोमा खुसी व्यक्त गर्दै धन्यवाद दिएकी थिइन ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!