धर्म-सस्कृति

सपनामा के के देख्यो भने धेरै अनिष्टका सङ्केतहरु हुन् ?

सपनामा के के देख्यो भने धेरै अनिष्टका सङ्केतहरु हुन् ? सपनाले भोगाई र अनुभवसँग पनि सम्बन्ध राख्छ । वैज्ञानिकहरुले सपनालाई अवचेतन मनको कल्पनाको रुपमा व्याख्या गरेका छन्। सपनाले मान्छेको सोच र भावनामा क्षणिक तर गहिरो प्रभाव पार्छ । मान्छेले मात्र होइन, निदाउने जति सबै प्राणीले सपना देख्छन् । मानव मस्तिष्क र पशुपक्षीको मस्तिष्क बीच यो फरक छ, पशुपक्षीले सपना देखेको थाहै पाउँदैनन्, वा निद्रा खुलेपछि सपना नै पूर्ण रूपमा बिर्सिहाल्छन् । त्यसैले उनीहरूमा सपनाको प्रभाव पनि शून्य हुन्छ ।

मानव मस्तिष्क सर्वश्रेष्ठ भएकाले स्वभावैले सपना पनि हामीले बढी देख्छौं, अनि त्यसबाट प्रभावित पनि बढी नै हुन्छौं । हामीले हाम्रो जीवनको एकतिहाइ काल सुतेर बिताउँछौं । हाम्रो हरेक रातको औसत दुई घन्टा सपनामा बित्छ । बालकहरूमा डर बढी हुने भएकाले डरलाग्दा सपना पनि देख्छन् । बिभिन्न शास्त्र र  मान्यता अनुसार कस्तो सपना देख्यो भने धेरै अनिष्टका सकेतहरु हुन् भन्ने कुरा यहाँ प्रस्तुत छ ।

१) सपनामा भात-मासु खाएमा अनिष्ट हुन्छ भन्ने लोकविश्वास छ।

२) सपनामा आगो लागेको देखेमा द्वन्द हुन्छ भन्ने लोकविश्वास छ।

३) सपनामा रुख ढलेको वा उखेलिएको देखिएमा गाउँघरमा कसैको मृत्यु हुने वा अनिष्ट हुन्छ भन्ने विश्वास छ।

४) सपनामा सन्यासीलाई देख्नु अशुभ मानिन्छ (पूर्ववत् ः१४२)।

५) सपनामा दाँत झरेको, नाक-कान काटिएको तथा घर जलेको देखेमा अशुभ हुन्छ भन्ने लोकविश्वास छ (पूर्ववत्)।

६) इङ्गलैण्डमा सपनामा रगत देख्नुलाई परिवारको कुनै सदस्यको मृत्युको सूचना मानिन्छ।

७) दक्षिण अफृकामा सपनामा विवाह भएको देख्नुलाई मृत्युको सूचनाको रूपमा लिने लोकविश्वास छ।

८) अष्ट्रेलियामा सपनामा उल्लू देख्नुलाई शत्रुद्वारा आक्रमण हुने सूचनाको रूपमा लिने विश्वास छ।

९) अमेरिकामा सपनामा कुनै शव वा रक्तपात देखेमा भयङ्कर दुर्भाग्य भोग्नु पर्छ भन्ने विश्वास छ।

१०) इटलीमा सपनामा सेतो बादल देखेमा शुभ हुने र कालो बादल देखेमा अशुभ हुन्छ भन्ने लोकविश्वास छ (उपाध्याय, १९८८इः १४४)।

तर जे जस्तो सपना देखेपनि तपाईंमा भएको आत्मबिश्वास र सकरात्मक सोचले हरेक परिस्थितिको सामना गर्ने शक्ती तपाईंमा हुनु जरुरी छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!