उर्जाविचार-विश्‍लेषण

कसरी सम्भव भयो ललितपुरको इमाडोलमा पाइपलाइनबाट ग्यास बाल्न?

ललितपुर, ५ कात्तिक । कसरी सम्भव भयो ललितपुरको इमाडोलमा पाइपलाइनबाट ग्यास बाल्न? जापानको सहयोग नियोग जाइकाको सहयोगमा खानी तथा भूगर्भ विभागले सन् १९७८ मा नै काठमाडौंको जमिन मुनि रहेको प्राकृतिक ग्यासको अन्वेषण सुरु गरेको थियो । पछिल्लो समय भने ग्यास उत्खन्न परियोजनाको काम रोकिएको थियो ।

तर, तीन वर्ष अगाडिबाट ३५ लाख रुपैयाँको लगानीमा ड्रिलिङ सुरु भयो र एक वर्ष अगाडि काम सकियो । गत असोज ३ मा नयाँ संविधान जारी भएसँगै भारतले नाकाबन्दी गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले यसमा चासो दिएपछि काम अघि बढ्यो ।

विभागले १५ लाखको लागतमा मेसिन जडान गरेर जमिन मुनिको ग्यास तानेर परीक्षण गर्दै आएको थियो  र शुक्रबार उद्योगमन्त्री नविन्द्रराज जोशी  अझै ग्यास उत्खनन भएको स्थानमा पुगेर परीक्षण गरे ।

विभागका अनुसार यसअघि गरिएको परीक्षणमा भन्दा अहिले पानीमा ग्यासको मात्र न्यून भेटिएको छ । पहिलेको परीक्षणमा पानीमा ०.४ प्रतिशत मिथेन ग्यास मिसावट फेला परेको भएपनि अहिले भने ०.१५ प्रतिशत मात्र पाइएको छ । यद्यपि विभागले अहिले कुनै व्यवसायी योजना राखेर काम नगरेको मात्र परीक्षण गरेको जनाएको छ ।

जमिनमुनिको ग्यास रहेको कुरा नयाँ तथ्य भने होइन । २७ वर्षअघि नै जाइकाले गरेको अध्ययनमा उपत्यकाका इमाडोल, तीनकुने, कोटेश्वर र त्रिपुरेश्वरसहित करिब २६ वर्गकलोमिटर क्षेत्रमा ३१ करोड घनमिटर ग्यास भण्डार रहेको देखिएको थियो ।

त्यस्तै २३ वर्ष अघि नै उपत्यकाबासीले जमिनमुनिको ग्यासबाट पकाएको भात खाइसकेका छन् । ०४० सालमा टेकुको पँचलीमा रहेको सानो प्लान्टबाट जापानको सहयोगमा ग्यास निकालेर सरकारी र स्थानीयको घरयासीमा प्रयोग भएको थियो ।

त्यो प्रयोग सफल भए पनि त्यसपछि भने थप ग्यास सम्भावनाको खोजी र उत्खननबारे ठोस पहल नै भएन । सरकारले ध्यान नदिएपछि नयाँ सम्भावनाको खोजी त परै जाओस, टेकुको प्लान्ट पनि बन्द भयो । सो प्लान्टका सामानहरु काम नलाग्ने अवस्थामा छन् ।

भारतले अघोषित नाकाबन्दी लगाएको बेला तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बाँडेको एउटा सपना हो, सिलिण्डर युगको अन्त्य र घरघरमा पाइपबाट ग्यास । यसलाई धेरैले हवादारी भने र ओलीलाई मजाकको पात्र बनाए । तर, ललितपुर इमाडोलमा शुक्रबार गरिएको एउटा परीक्षणले घरघरमा पाइप लाइनबाट ग्यास पुर्‍याउन असम्भव छैन भन्ने देखाएको छ । केही हदसम्म यो सपना यथार्थमा परिणत भएको छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!