विज्ञान जिज्ञासा

विधि विज्ञानमा बायोलोजी इकाईमा के को परीक्षण गरिन्छ ?         

विधि विज्ञानमा बायोलोजीमा निम्न लिखित बायोलोजीकल परीक्षणहरु गरिन्छ ।

  • रौं : रौंको स्रोत पत्ता लगाउने । मानिसको रौं भए   शरीरको कुन भागको रौं हो सो समेत पत्ता लगाई   निश्चित नमुनासंग तुलना गर्ने ।
  • रेशा : घटनाक्रमको प्रमाणको रुपमा संकलन गरिएका रेशाहरुलाई शंका गरिएका लत्ता कपडा आदि संग तुलना गर्ने ।
  • डुबेकोकेसमा : फोक्सो, गिदी, मासी आदि परीक्षण गरी पानीमा डुबेर मरेको हो वा मृत्युपछि डुबाइएको हो सम्भाव्य राय दिने ।
  • जैविक दागहरु :  नमुनाहरुमा लागेका मसलाका दाग, विरुवापातका टुक्रा, विष्टा,माटो आदिको   पहिचान गरी घटनास्थलसंग सम्बन्ध कायम गर्न सहयोग पुयाउने ।
  • बन्यजन्तु : बन्यजन्तुसंग सम्वन्धीत विभिन्न नमुनाहरु (गैंडाकोखाग,भालुको पित्त, हात्तिको दाँत, कस्तुरीको विना, बाघको छाला तथा विभिन्नजन्तुका हाडखोर, रौं आदि) परीक्षण गरी जनावरको हो वा होइन भने कुन जनावरको हो सो पत्ता लगाउने ।
  • कंकाल/हाटखोर : स्रोत,लिंग, उमेर र उचाई पत्ता लगाउने ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!