विज्ञान जिज्ञासा

विधि विज्ञानमा सिरोलोजी इकाईमा के के को परीक्षण गरिन्छ ?

विधि विज्ञानमा सिरोलोजीमा निम्न लिखित सिरोलोजीकल परीक्षणहरु गरिन्छ ।

१. रगतः विभिन्न अपराधिक घटनाको क्रममा प्रयोग भएका र घटनास्थल, पिडीत वा संकित व्यक्तिबाट बरामद भएका हातहतियार, लुगाफाटा आदिमा लागेको सुकेको रगत/रगतको दागको पहिचान गर्ने। संकित रगत पशुपंक्षी वा मानिस के को हो पत्ता लगाउने। मानिसको रगत ठहरिएमा समुह पत्ता लगाउने ।

२. वीर्यको दाग : बलात्कार केसमा बरामद हुने लत्ताकपडा आदिमा लागेको वीर्यको दागको पहिचान गर्ने । त्यसको स्रोत पत्ता लगाउने र मानव वीर्य ठहरिए रक्त समुह पत्ता लगाउने ।

३. मासु वा छालाको टुक्राः स्रोत पत्ता लगाउने र मानिसको ठहरिए रक्त समुह पत्ता लगाउने ।

४. अन्य शारीरिक श्रावहरु : र्याल, मुत्र, खकार, सिंगान, पसिना आदिको दाग परीक्षण गरी Secretetor हो वा Non-secretor पत्ता लगाउने । Secretor भए रक्त समुह पत्ता लगाउने ।

५. पितृत्व तथा मातृत्व स्थापना : नाता कायम मुद्धासंग सम्वन्धीत व्यक्तिहरुको ताजा रगतमा विभिन्न रक्तसमुह परीक्षण गरी पितृत्व / मातृत्वको सम्भाव्यता निकाल्ने ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!