घरमा यी ५ चिजहरु पोखिनुलाई अशुभ मानिन्छ
ज्योतिष शास्त्र भनेको सौर्यमण्डलमा रहेका ताराहरू र ग्रहहरूको आपसी सम्बन्धबाट प्राप्त हुने किरण अथवा तरंगलाई सुक्ष्म गणितीय सूत्रबाट अध्ययन गरेर त्यसको यस पृथ्वीमा विद्यमान जड र चेतन माथि पर्ने प्रभावको अध्ययन र विश्लेषण गर्ने अद्वितीय विज्ञान हो । ज्योतिष शास्त्र वेदको आँखाको रूपमा रहेको कुरा सर्वविदितै छ । अकास्मात हातबाट केही कुरा खस्नुलाई ज्योतिष शास्त्रमा शुभ वा अशुभ लिने गरिन्छ।
हिन्दु धर्मशास्त्रका अनुसार हाम्रो समाजमा विभिन्न प्रकारको शुभ र अशुभ हुने संकेतहरु रहेका छन् । जसमध्ये भरी पानीको गाग्री, सुन्दर युवती भेटिएमा शुभ मानिन्छ । तर तपाईले खाइरहेको खाना भुईमा पोखिएमा, दुध उम्लिएर गएमा, बाटा हिड्दा विरालोले बाटो काटेमा अशुभ मानिन्छ । त्यस्तै आज हामी घरमा के के कुरा पोखिदा अशुभ मानिन्छ भन्ने विषयमा कुरा गदैछौ । ज्योतिष शास्त्रका अनुसार घरमा यी ५ चिज पोखिनुलाई अशुभ मानिन्छ ।
यो पनि पढ्नुहोस्
ज्योतिषशास्त्रमा राशी भनेको के हो ?
ज्योतिषशास्त्रका अनुसार कुन राशीको यौन व्यबहार कस्तो हुन्छ ?
ज्योतिषशास्त्र अनुसार मानिसको शरीरका कुन अंग फरफराए के फल ?
श्रीमानको भाग्य चम्काउने युवतीका लक्षणहरु
गालाको रंगबाट थाहा हुन्छ स्त्रीको चरित्र
१. दुध पोखिनु
पहिलो कुरा घरमा दुध तताउदा उम्लिएर पोखिनुलाई अशुभ मानिन्छ । जसकारण घरमा झैझगडा, मानसिक पिडा र अशान्ति हुने विश्वास रहेको छ । धार्मक धारणा अनुसार दूध वा यसबाट बेनेका पदार्थ हातबाट खस्नुले परिवारमा वितिय संकट आउँछ । दूधलाई चन्द्रमासँग जोडेर हेरिन्छ ।
२. नुन पोखिनु
दोस्रो कुरा हामीले दैनिक तरकारीमा प्रयोग गर्ने नुन पोखिएमा पनि अशुभ मानिन्छ किनभने यदि नुन पोखिएमा साथीभाई र परिवारसँगको सम्बन्धमा आँच आउने, घरमा अशान्ति र आर्थिक संकट आउने विश्वास रहेको छ । दैनिक जीवनमा प्रयोग हुने नुनको पनि एक महत्वपूर्ण स्थान रहेको छ । पुजा पाठ र अपमान हटाउनको लागि नुनको प्रयोग गरिन्छ । तर अन्य केही ठाउँमा नुनलाई विवादको सूचकको रुपमा लिइन्छ । हातबाट नुन खस्छ भने शुक्र र चन्द्रमाको कमजोर हुने संकेत हो ।
३. चामल पोखिनु
तेस्रो कुरा घरमा भाँडा वा अन्य बोरामा राखिएको चामल पोखिनु पनि अशुभ मानिन्छ । यदि चामल पोखिएमा शास्त्र अनुसार धनकी देवी लक्ष्मी रिसाउने विश्वास रहेको छ । त्यसपछि आर्थिक संकट पैदा हुनेछ ।
Like & Follow us on Facebook
४. सिन्दुर पोखिनु
चौथो कुरा विवाहित महिलाहरुको संकेत सिन्दुर पोखिनु पनि अशुभ मानिन्छ । यदि कुनै माहिलाले सिन्दुर लगाउदा भुईमा खसेमा आफ्नो पतिको आयु छोटो हुने, चिताएको काम नपुग्ने र विभिन्न संकट पैदा हुने विश्वास रहेको छ । यसलाई धन व्यापार नोक्सानको संकेत पनि हो ।
५. तेल पोखिनु
पाँचौ कुरा घरमा दैनिक खानामा प्रयोग गरिने तेल पोखिनु पनि अशुभ मानिन्छ । यदि तेल पोखिएमा परिवारमा शारारिक, आर्थिक र मानसिक पिडा हुने विश्वास रहेको छ । यस्तो संकेतले परिवारमा ऋण र गरिबीको संकेत गर्छ ।