जातीय विभेद छ त तल्लो जातमै
परापूर्वकालदेखि चल्दै आएको जातीय विभेद समाप्त पार्नका लागि इतिहास मेट्नुपर्छ । चार जात छत्तीस वर्णको साझा फूलवारीमा जातीय विभेद माथि होइन तलबाटै देखिएको छ । यदि जातीय विभेद मेट्नु छ भने तलबाटै सुरू हुन आवश्यक छ ।
आज क्षेत्री बाहुनले जातीय विभेद गरेको होइन यहाँ सम्पुर्ण आरक्षण क्षेत्री बाहुनले दिने गरेकाले यसको अन्त हुन सकेको छैन । यदि आरक्षण कोटा नपाउने भएमा स्वत: जातिय विभेद समाप्त हुन सक्छ । जातीय विभेदलाई रेसियल डिस्क्रिमिनेसन भन्दछन् ।
जंगबहादुर राणाको मुलुकी ऐनमा जातीय विभेदलाई एउटा स्वभाविक प्रक्रिया मानेर कानुन बनाइएको थियो । त्यसले सम्पूर्ण जनता, सामाजिक–सांस्कृतिक समूह, जातजातिहरुलाई तल र माथिको वर्णाश्रममा राख्यो । उच्च र तल्लो जातको सीमारेखा कोरेको थियो । तर समय परिवर्तन भएको छ । तल्लो जातलाई सवै सुविधा दिइएको पाइन्छ ।
हिजो बाहुनले बेद पढ्नु, क्षेत्री लड्नु, विश्वक्रमाले फलामका भाडा सुनका गहना निर्माण गर्नु, दर्जीले बाजा र कपडा सिउनु भनेर जातिय विभेद छुट्याइएको देखिन्छ । तर अहिले यस्तो छैन कुन जात भनेर चिन्न कठिन भएको देखिन्छ ।
जातीय विभेद उन्मूलन सम्बन्धी सन्धि नेपालले १९७१ मै पारित गरेको थियो । तर, रेसियल डिस्क्रिमिनेसनलाई कुनै-कुनै बेला निहित स्वार्थ अनुरुप जातीय विभेद होइन भनेर समेत व्याख्या गर्ने गरिन्छ । त्यो व्याख्याकौ आधारमा राज्यले रेस भन्ने कुरा हाम्रोमा महत्वपूर्ण होइन र सान्दर्भिक कुरा पनि होइन भन्ने गर्छ ।
समय परिवर्तन भइसकेको हुनाले जातीय विभेद हुने खालका सवै आरक्षण हटाएमा स्वत: जातजाती भन्ने शब्द नै रहदैन । धर्म संस्कृति हरेक जात जातीले आ-आफ्नो हिसाबले मान्ने गरेको देखिन्छ । आज सिमित स्वार्थमा डुबेर हामी यो जात र त्यो जात भन्ने गरेको पाइन्छ ।
यो पनि पढनुहोस्
महिलाको अधिकार र नेपालको अवस्था
परिवर्तन कसरी सम्भव छ नेपाल र नेपालीको अवस्थाको ?
*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।