अन्तर्राष्ट्रिय समाचार

नेपालमा अन्तर्राष्ट्रिय क्वाजीक्रिस्टल वैज्ञानिक सम्मेलन हुने

काठमाडौं, भदौ २८। नेपालमा १३ औं अन्तर्राष्ट्रिय ‘क्वाजीक्रिस्टल’ आइसीक्यु–१३ सम्मेलन आयोजना हुने भएको छ। सम्मेलनमा ‘क्वाजीक्रिस्टल’ पत्ता लगाउने नोबल पुरस्कार विजेता प्राध्यापक ड्यानिल सेफ्टमेन उपस्थित हुने आयोजकले जनाएको छ । सन् २०११ मा उनले रसायनशास्त्रको तर्फबाट क्वाजीक्रिस्टल पत्ता लगाए बापत नोबल पुरस्कार जितेका थिए।

९ वर्षदेखि लिभरपुल विश्वविद्यालय, भौतिकशास्त्र विभागमा सहप्राध्यापक डा. हेमराज शर्माले आफूले अध्ययन–अनुसन्धान गरेको विषयमा केही गरौं भन्ने उद्दश्यले नेपालमा सम्मेलन आयोजनाका लागि ३ वर्षअघि आवेदन दिएका थिए। सोहीअनुसार सम्मेलनको सल्लाहकार समितिले नेपालमा ‘आइसिक्यु–१३’ आयोजना गर्ने निर्णय गरेको थियो। नेपालमा यो सम्मेलन पहिलो पटक र दक्षिण एशियामा दोश्रो पटक आयोजना गर्न लागिएको हो।

असोज २ देखि ८ गतेसम्म काभ्रेको धुलिखेलमा सञ्चालन हुने सम्मेलनमा ‘क्वाजीक्रिस्टल’ अर्थात विशेष किसिमको ठोस पदार्थ तीन वर्षयतादेखि अहिलेसम्म काम गरिरहेका विश्वभरका वैज्ञानिकहरुको उपस्थित हुने आयोजकले जनाएको छ। ६ दिनसम्म चल्ने सम्मेलनमा भौतिकशास्त्री‚ रसायनशास्त्रीका साथै पदार्थविज्ञान तथा गणितमा काम गरिरहेका वैज्ञानिक सहभागी रहने आयोजकले जनाएका छन्।

सम्मेलनबाट स्थानीय वैज्ञानिक तथा युवाहरु लावान्भित हुन सकुन भनेर सम्मेलनको पहिलो दिन काठमाडौ विश्वविद्यालयका यूवा वैज्ञानिकहरुका लागि कार्यशाला आयोजना गरिने जानकारी डा शर्माले दिए । नोबेल विजेता प्रोफेसर सेक्टमानले त्रिभुवन विश्वविद्यालय किर्तिपुरमा सार्वजनिक मन्तव्य दिने कार्यक्रम छ । सम्मेलनका अरु कार्यक्रमहरु धुलिखेलमा हुनेछन् ।

नेपाल‚ भारत‚ अमेरिका‚ जपाननलगायतका करीब १५० वैज्ञानिक उपस्थिति हुने सम्मेलनका अध्यक्ष शर्माले बताए। नेपाल र भारतबाट १०¸ जपानबाट ५० बाहेक विश्वका अन्य २७ मुलुकका वैज्ञानिकको उपस्थिति हुने वताइएको छ।

डा शर्मा र जापानको तोहोकु यूनिभर्सिटीका प्राध्यापक प्रो आङ पाङ चाईले सम्मेलनका बारेमा प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’  लाई जानकारी गराएरका छन् । प्रधानमन्त्रीले वैज्ञानिक सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम छ ।

नेपालबाट विज्ञानका विभिन्न विधामा अध्ययन गर्न विदेशिने नेपालीहरुको संख्या निकै ठूलो रहेको र ती नेपालीहरुलाई यस्ता सम्मेलनले एक ठाउँमा ल्याउन सक्ने डा शर्माले बताए । गैरआवासीय नेपाली संघ युवा परिषद्ले यो सम्मेलनमा सहभागिता जनाउँदै छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!