देशै पो रोयो धरधरी
देश नै यसरी किन होला रोएको छ;
प्रकृति किन यति क्रुद्ध भएकी छिन् !
किन होला लौ यस्तो अचम्म भएको,
वर्षा पनि अविरल यसरी भएको छ !!१
हामीले सायद यो देशलाई नबुझ्दा;
देश पनि त यसरी पो रोएकी छिन् !
देश नै नबनाई आफुलाई बनाउँदा;
प्रकृति पनि क्रुद्द कति भएकी छिन् !!२
देश दुख्दा त जनताहरु पो दुख्छन;
देशलाई नै पिडा कति हो भएको छ !
जनताको पनि भाग्य नै कस्तो हो;
बाढी; पहिरो यस्तो गरी आएको छ !!३
न त हामी अव यो सत्ता नै खोजौँ;
न त हामी अव जननेताहरु नै रोजौँ !
सत्ताबाट अव त्यो कुर्सीलाई हटाई;
कुर्सी नचाहिने असल मान्छे रोज़ौ !!४
यस्तो यो सुन्दर हाम्रो यो प्यारो भूमि;
जर्जर भई यसरी किन हो रुन थालिन् !
कहिले यो प्यारो देश नेताले नै रुवाए;
कहिले भुइचालोले यो देश रुवायो !!५
कहिले बाढी र पहिरो नै गडगडाउँदै;
देशका हरेक भु-भागलाई नै बगायो !
कहिले अति वृष्टि नै यो देशमा भयो;
कहिले यो देश त खडेरीलेनै सुकायो !!७
सत्ताको मोह गर्ने नेतालाई जनताले;
घरमै पुगेर अव खवरदारी गर्ने गरौँ !
देशको साटो आफुलाई मात्र बनाउने
यो गणतन्त्रको तानाशाही सुधारौँ !!८
यो सुन्दर देश नेताको हुँदै नै होइन;
यो हो हामी जनताको प्यारो नाशो !
नेतालाई यसरी मनपरी गर्न दिनलाई
जन प्रतिनिधि हामीले रोजेको होइन् !!९
पाँच-पाँच वर्षको सत्ता अव चलोस् ;
जितेको पार्टिले असल काम गरोस् !
नेपालीले अव नेपालीहरुलाई सँधै
मनले वचन कर्मले सहयोग गरोस् !!१०
मन, वचन अनि कर्मले यो देशको;
सम्बृद्दि र निर्माणका कामहरु गरौँ !
देश बनेमा हामी नेपाली पनि बन्छौ;
यसै मन्त्रले देशलाई सम्बृद्द पारौ !!११
शोभा खतिवडा काफ्ले लेखक, साहित्यकार, सामाजिक अभियन्ता तथा श्री शान्ति विद्यागृह उच्च मा. वि. लैनचौर; काठमाण्डौकी शिक्षिका हुनुहुन्छ । उहाँका राष्ट्रिय भावनाले ओतप्रोत भएका उत्कृष्ठ रचनाहरुले सच्चा देशभक्त नेपालीको मन जितेका छन । उहाँले साहित्यको माध्यमवाट देशको राष्ट्रियता, सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वाभिमानको विषयमा निरन्तर कलम चलाउदै आउनु भएकी राष्ट्रिय कवयत्री हुनुहुन्छ ।