कृष्णले एकलव्यलाई मार्नुको कारण

एकलब्य हिन्दू धर्मग्रन्थ महाभारतका एक पौराणिक पात्र हुन् । उनी गुरुभक्ति अनुपम पात्र मानिन्छन् र विशेष किसिमको गुरुभक्तिको उदाहरण दिनुपर्‍यो भने उनको नाम लिने गरिन्छ । महाभारत कालमा एकलव्यको कुशलता प्रयागको तटवर्ती प्रदेशमा सुदूरसम्म फैलिएको श्रृंगवेरपुर राज्य उनका पिता निषदराज हिरण्यधुनको थियो । उक्त समय श्रुंगवेरपुर राज्यको शक्ति मगध, हस्तिनापुर, मथुरा, चेदि र चन्देरी आदी ठूला राज्यको समकक्षी थियो । पाँच बर्षको आयुदेखि नै एकलव्यको रुचि अस्त्र-शस्त्रमा थियो ।

युवा अवस्थामा पुगेपछि एकलव्यले धनुर्विद्याको उच्च शिक्षा प्राप्त गर्न चाहन्थे । त्यस समय धनुर्विद्यामा गुरु द्रोणको ख्याति थियो, तर उनले एक विशेष वर्गलाई मात्र शिक्षा दिने गर्दथे । पिता हिरण्यधनुलाई सम्झाई-बुझाई एकलव्य आचार्य द्रोणसँग शिक्षा लिन उनी कहा पुगे, तर द्रोणले अस्विकार गर्दै एकलव्यलाई आश्रमबाट लखेटे । एकलव्य शास्त्र शिक्षा नलिई घर फर्कन चाहदैन थिए । त्यसले उनले वनमै आचार्य द्रोणको मूर्ति बनाए र धनुर्विद्याको अभ्यास गर्न थाले । अन्तत: उनले धुनर्विद्याको निपुणता प्राप्त गरे ।

एक पटक द्रोणाचार्य आफ्नो शिष्यहरु र एक कुकुरको साथमा वनमा आए । त्यस समय एकलव्य धनुर्विद्याको अभ्यासमा व्यस्त थिए । कुकुरले एकलव्यलाई देखेर भुक्न लाग्यो । कुकुरको भुकाईले एकलव्यको साधनामा बाधा गरिरहेको थियो, त्यसैले उनले आफ्नो बाँडले चोट नपुर्याई कुकुरको मुख बन्द गराए । कुकुर द्रोणको नजिक पुग्यो र शिष्यहरु यस्तो श्रेष्ठ धनुर्विद्या देखेर आश्चार्य चकित भए । उनीहरु त्यस्तो धनुर्धर खोेज्नतिर लागे र अचानक एकलव्यलाई देखे । द्रोणले एकलव्यसँग सोधे, ‘तिमीले यो धनुर्विद्या कोबाट सिक्यौ ?’ एकलव्यले मूर्तितिर संकेत गरे, जुन द्रोणको थियो । द्रोणले एकलव्यलाई गुरु दक्षिणा स्वरुप दाँया हातको औठी मागे ।

एकलव्यले साधनापूर्ण कौशलबाट बिना औठीको धनुर्विद्यामा फेरि दक्षता हासिल गरे । पिताको मृत्युपछि एकलव्य श्रृंगवेर राज्यको शासक बने र आफ्नो राज्यको सीमाहरुको विस्तार गर्नतिर लागे । सीमा विस्तार गर्ने क्रममा मधुरा आक्रमण गरी कृष्णको सेनालाई समाप्त गर्न लागे । यस्तो अवस्थामा श्री कृष्ण आफैँ त्यस लडाई लड्न पुगे । कृष्णले चार औँलाले धनुष-बाँड चलाईरहेको देखे, तर उनलाई देखेको विश्वास लागेन किनकि एकलव्यले मानवहरुको रगत बगाईरहेका थिए । त्यसैले कृष्णले एकलव्यको हत्या गर्नुपर्यो ।

एकलव्य एक्लैले सयौँ यादव वंशका योद्धाहरुलाई रोक्न सक्षम थिए । यही युद्धमा कृष्णले छल गरी एकलव्यको वध गरेका थिए । उनका पुत्र केतुमान महाभारतको युद्धमा भीमको हातबाट मारिएका थिए । युद्धपछि, सवै पाण्डवले आफ्नो वीरताको वर्णन गरिरहेका थिए, त्यति नै बेला कृष्णले आफ्नो अर्जुन प्रेमको कुरा स्विकारेका थिए । कृष्णले अर्जूृनसँग स्पष्ट भनेका थिए, ‘तिम्रो प्रेमले के–के मात्रै गरेन । तिमीलाई संसारको सर्वश्रेष्ठ धनुर्धर बनाउनको लागि मैले द्रोणाचार्यको वध गराए, महापराक्रमी कर्णलाई कमजोर बनाए र तिम्रो विना जानकारी नचाहादा नचाहाँदै भील पुत्र एकलव्यलाई पनि वीरगति दिए, ताकि तिम्रो बाटोमा कोही नआओस् ।’

यो पनि पढ्नुहोस्

यस्तो छ सवैले एकपटक पढ्नैपर्ने गीताको सार

श्रीकृष्ण र गीता धर्म

गीतामा भगवान् कृष्णको वाणी

के हो श्रीमद्भगवद गीता ?

भगवान् कृष्णले किन मथुरा छोड्नु भयो भन्ने बारेमा एक किवदन्ती

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!