खानपानटिप्स

जान्नुहोस् ! तरकारीमा भएको चर्को नुन घटाउने अचुक उपायहरु

हामी खाना वा रोटीसँग तरकारी खाने गर्छौ । धेरै मिहिनेत गरेर तरकारी अथवा दाल त बनाइन्छ, तर कहिलेकाहिँ भने नुन बढी भएर धेरैलाई चिन्ता हुने गर्छ । नुन बढी भएको तरकारी खान गार्है पर्छ । यस्तै आफ्नो मिहिनेत परेको हुँदा फाल्न पनि त्यति सजिलो हुँदैन । नुन बढी भएको तरकारी र दाललाई के गर्न सकिन्छ ? तरकारीमा नुन चर्को हुँदा के गर्ने ? जान्नुहोस् ! तरकारीमा भएको चर्को नुन घटाउने अचुक उपायहरु यस प्रकार छन् ।

तरकारीमा भएको चर्को नुन घटाउने अचुक उपायहरु

१. तरकारीमा नुन बढी भएको अवस्थामा आलुले राहत दिलाउन सक्छ । आलुलाई ताछेर नुन बढी भएको तरकारी र दालमा राख्नाले नुनिलोको मात्र कम हुन सक्छ । पूर्ण रुपले नुनिलोको समस्या समाधान नभएतापनि नुनिलोलाई केहि मात्रामा कम गराउन आलुले मद्दत गर्छ ।

२. आँटाको पिठोलाई प्रयोग गरेर पनि तरकारीमा नुनिलो घटाउन सकिन्छ । यसको लागि नुन चर्को भएको तरकारी अथवा दालमा आँटाको डल्ला बनाएर राख्नपर्ने हुन्छ । यसो गर्दा नुनको मात्र तरकारीमा घटेर जान्छ ।

३. तरकारी र दालमा दहि मिसाउनाले पनि नुनिलोको मात्र केहि हदसम्म कम गर्न सक्छ । नुन चर्को भएको तरकारीमा दहि मिसाउँदा तरकारीको स्वादमा पनि केहि परिवर्तन आउन सक्छ । तर नुनको मात्रा पनि केहि हदसम्म कम गराउन दहि सहयोग हुन सक्छ ।

४. नुन चर्को भएको तरकारी र दालमा कागतीको प्रयोग धेरै उपयोगी हुन सक्छ । साथै यस उपायलाई धेरै गृहिणीहरुले पनि प्रयोग गर्ने गर्छन् । यसरी तरकारीमा कागतीको रस मिसाउनाले नुनिलो कम हुने मात्र नभई तरकारीको स्वादमा पनि परिवर्तन ल्याउन सक्छ।

यो पनि पढनुहोस्

विरेनुन र यसको प्रयोग

विषाक्त फलफूल र तरकारीलाई विषरहित बनाउने तरिका

क्यान्सर लाग्न नै नदिने फलफुल र तरकारीहरु

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!