Uncategorized

धनिया र यसका फाइदाहरु

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

धनिया मसलाको रूपमा हामीले प्रयोग गर्दै आएका छौं । यस्लाई औषधिको बारेमा पनि उपयोग गर्न जान्न सके धेरैले फाइदा उठाउन सक्नु हुनेछ । हाम्रो भान्सामा हुने कतिपय मसलालाई औषधिको रूपमा प्रयोग गराउन सकिने देखिन्छ । धनियाको हरियो पातलाई अचारको रूपमा खाने गरेको पाइन्छ ।कतिपयलाई धनिया मन पर्दैन भने कतिपयलाई धनिया धेरै मनपर्छ ।

यो पनि पढ्नुहोस्

केसर र यसको चमत्कारिक फाइदा

औषधिको रुपमा बर्रोको प्रयोग

कुरिलो खानुका फाइदाहरु

पुदिना र यसका फाइदाहरु

सिस्नु खानुका फाइदै फाइदाहरु

पालुंगो र यसका फाइदाहरु

कागती पानीका फाइदाहरु के के छन् ?

आज हामीले धनियाका फाइदाका बारेमा प्रकाश पार्ने जमर्को गर्दैछौं । धनियालाई अंग्रेजीमा Coriander भन्दछन् । धनियाको बीउ वाथ नाशक, पिसाब सफा गर्ने र यौन शक्ति बढाउन उपयोग गरेको पाइन्छ । आजको लेखमा धनियाका अन्य फाइदाको विषयमा प्रकाश पार्नेछौं । यसको प्रयोगले मौसमी ज्वरो, पेटको समस्या, उल्टिमा समेत उपयोग गराइन्छ ।

१. धनियाको पात थिचेर बनाएको जुसले पिसाब सफा गराउछ भने एस्ले इनसुलिनको मात्रा बढाएर सुगरको रोगीलाई सुगर हुनबाट बचाउछ ।

२. धनियालाई प्रयोग गर्दा साल्मोनेला बैक्टीरिया र फूड प्वइजन जस्ता खतरनाक रोग हटाउदछ ।

३. नाकबाट रगत बगेमा हरियो धनियालाई पिसेर यस्को रस नाकमा राख्नाले बगेको रगत रोक्नेछ ।

४. हरियो जीराको जुस पायसमा राखेर बिहानै मिस्री राखेर गर्मी मौसममा पिउनाले शरीर पोल्न कम हुनुको साथै अन्य रोगबाट बचाउने छ ।

५. धनियाको दानालाई राम्रोसंग पिसेर घाउ खटिरामा लगाउनाले चाडो निको गराउदछ । छाला सम्बन्धित अन्य रोगमा समेत राम्रो फाइदा गराउदछ ।

Like & Follow us on Facebook

६. धनियाको बीउलाई राम्रोसंग पिसेर सेवन गर्नाले कोलेस्ट्रोलको स्तर कम हुन थाल्दछ ।

७. शरीर कमजोर हुन,चक्कर लाग्ने समस्या भएका रोगमा धनियाको बीउ २ चमच जति लिएर मिस्री मिलाएर एक गीलास सेवन गराउनाले राम्रो फाइदा गर्दछ ।

८. हरियो धनिया पिसेर टाउकोमा लेप लगाउनाले बाल उम्रन थाल्द छ ।

९. धनियाको हरियो पातको लेप लगाउनाले फेसमा हुने चाउरीपन हटाएर बुढो हुनबाट रोक्दछ ।

१०. धनियामा एन्टीऑक्‍सीडेन्ट धेरै पाइने भएकाले मानव स्वास्थ्यमा राम्रो फाइदा गर्दछ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!