तरकारीको रुपमा भान्टा खानुका फाइदाहरु
भान्टा मानव स्वास्थ्यका लागि निकै फाइदाजनक तरकारी हो । भान्टाको तरकारी धेरैलाई मनपर्छ । यसलाई अर्को शब्दमा बैगन पनि भनिन्छ । भान्टामा विभिन्न थरीका भिटामिनहरु र खनीजतत्वहरु पाइन्छ । भान्टामा भिटामिन ए, सी, ई, के, नायसिन, फोलेट, भिटामिन बी ६, क्लोरिन, पोटासियम, क्याल्सियम, आइरन, म्याग्नेसियम, फोसफोरस, जिंक, कपर, म्याङ्गानिज सेलेनियम लगायतका तत्व पाइन्छन् । तरकारीको रुपमा भान्टा खानुका फाइदाहरु नंम अनुसार छन्।
यो पनि पढ्नुहोस्
फर्सीको मुन्टा खानुका फाइदाहरू
हरियो खुर्सानी खानुका फाइदाहरू
फाइदाहरु
१. तौल नियन्त्रण
भान्टामा न्यून क्यालोरी हुने भएकाले यसको नियमित सेवनले शरीरको तौललाई सन्तुलित राख्ने काम गर्छ । यदि तपाईलाई आफ्नो तौल नियन्त्रण गर्नुछ भने भान्टा खाने गर्नुहोस तपाइलाई लाभ मिल्छ ।
२. दिमागलाई स्वास्थ्य बनाउँछ
भन्टामा पाइने फाइटोन्युट्रियन्टले दिमागको सेल मेम्ब्रेनलाई सम्भावित क्षतिबाट बचाउछ र सन्देशलाई एक ठाउबाट अर्को ठाउमा पुर्याउन सहयोग गर्छ । जसले गर्दा मानिसको स्मरणशक्ति पनि बढ्ने गर्छ ।
३. मधुमेह नियन्त्रण
यसमा पाइने फाइबरले हाम्रो ब्लड सुगरलाई नियन्त्रण गर्छ । त्यसैले मधुमेह रोगीले भान्टा खाने गरेमा मधुमेह नियन्त्रणमा आउने गर्छ । यसले ग्लुकोजको मात्रालाई नियन्त्रण गर्छ ।
४. मुटुरोग लाग्नबाट बचाउँछ
भन्टाको नियमित सेवनले कोलेस्टेरोलको तहलाई घटाउन सहयोग गर्छ । यसका साथै रक्तचापलाई स्थिर गर्न मद्धत गर्ने भएकाले मुटुको रोग लाग्ने सम्भावनाकम गर्छ । यसमापाइने पोटासियमका कारण शरीरलाई हाइड्रेट राख्छ ।
५. पाचनप्रक्रियामा सहयोग गर्छ
यसमा पाइने फाइबरले पाचन प्रणालीलाई स्वस्थ राख्छ । यसबाट कब्जियत रोकथाम हुनुका साथै कोलोन क्यान्सरको सम्भावनालाई पर राख्छ ।
Like & Follow us on Facebook
६. धुम्रपान हटाउँछ
भान्टामा अलिकति मात्रामा निकोटिन पाइन्छ । यसले गर्दा हरेक दिन भान्टा खाने गरेमा धुम्रपानको लत हट्न मद्धत पुग्छ ।
७. एन्टिअक्सिडेन्ट प्रदान गर्छ
फ्याभोनाइड पनि अत्यधिक मात्रामा पाइने भान्टाले शरीरमा शक्तिशाली एन्टिअक्सिडेन्ट उत्पादन गर्छ । एन्थोसाएनिन, फ्योभोसाइडजस्ता तत्व पाइने भएकाले शरीरका रक्तनलीलाई तन्दुरुस्त राख्ने काम पनि गर्छ ।
८. एनिमियाबाट बचाउँछ
भान्टाको सेवनले शरीरलाई निकै फाइदा गर्छ । यसले हड्डि बलियो बनाउनुका साथै एनिमियाबाट बचाउँछ ।
९. क्यान्सरबाट जोगाउछ
भान्टामा अत्यधिक मात्रामा पाइने पोली फिनोलले क्यान्सरबाट जोगाउने काम गर्छ । पोेलिफिनोलहरुले क्यान्सरको कोषीकालाई मार्ने तथा बिषाक्त कोषीका नष्ट गर्ने कमा गर्छ ।
नोट : भान्टा कहिल्यै पनि काँचै खानु हुँदैन किनभने यसमा उपलब्ध अल्कोलाइड सोलानीन शरीरका लागि विषाक्ति मानिन्छ । जसले टाउको तथा पेट दुख्ने समस्या सिर्जना गराउँछ । राम्रोसित पकाउँदा यो विषाक्ति निविषीकरण भएर जान्छ । भाव्य सेवन प्रयोजनका लागि खरीद गर्दा कसिलो एवं ताजा मुलायम अनि चम्किलो बोक्रा भएको हुनुपर्छ । जसमा कुनै किसिमको दाग खत नहोस् । रंग बिग्रिएको दाग खत भएको बोक्रा भएका भान्टाहरु प्रायः जसो क्षतिग्रस्त एवं सडे गलेका हुन सक्छन् ।