हेर्नुहोस् गोप्यता सम्वन्धी महान व्यक्तिका प्रेरक भनाईहरु
१. मनले विचार गरेको कुरालाई वाणीबाट प्रकट नगर । त्यसलाई गोप्य राख र काम गरेर देखाउ ।
– चाणक्य
२. विषले एक जनालाई मार्छ तर गोप्य नीति भंग भयो भने राष्ट्र. प्रजा र राजा सवैलाई एक चिहान पार्छ ।
– बेदव्यास
३. थोरै बुद्धी भएको मान्छे, सुस्त खालको हत्पते र गुणगान मात्र गर्ने मान्छेसंग गोप्य कुरा गर्नुहुदैन ।
– विदुर नीति
४. मनले सोचेको कार्य बोलिले प्रकट नगर्नु. यन्त्रझैँ गोप्य राखेर काम गर्नुपर्छ ।
– चाणक्य
५. मानिसले मानिसलाई नै चिनेको हुन्छ तर धेरै काम लुकेर नै गर्छ ।
– शरच्चन्द्र
६. बुद्धिमानले धननाश. मनको चिन्ता. घरभित्रको दुष्चरित्र. धोका र अपमान खाएको पंसंगलाई कहिल्लै नभनोस् ।
– अज्ञात
७. यौवनमा बुढ्यौली. आरोग्यमा रोग र जीवनमा मृत्यु लुकेको हुन्छ ।
– अज्ञात
८. धुवाँ र प्रेमलाई लुकाउन सकिदैन ।
– अज्ञात
यो पनि पढ्नुहोस्