अन्तर्राष्ट्रिय समाचार

गुटरेस राष्ट्रसङ्घको नयाँ महासचिव

आश्विन २७, २०७३। संयुक्त राष्ट्रसंघको नयाँ महासचिवमा पोर्चुगलका पूर्वप्रधानमन्त्री एन्टोनियो गुटरेसको औपचारिक रुपमा चयन भएका छन् । बिहीबार बसेको राष्ट्रसंघिय महासभाको बैठकले उनको नाम चयन गरेको हो । उनी राष्ट्रसंघका नवौ महासचिवको रुपमा चयन भएका छन् ।

गुटरेसले १ जनवरी २०१७ मा आफ्नो कार्यकाल सम्हाल्ने छन् । उनको कार्यकाल २०२१ को अन्त्यसम्म रहनेछ । बिहीबार राष्ट्रसंघमा आबद्ध १ सय ९३ देशका प्रतिनिधिहरु सम्मिलित सभाले महासचिवका लागि गुटरेसलाई चयन गरेको जनाइएको छ । १५ सदस्यीय सुरक्षा परिषद्ले यसअघि नै गुटरेसलाई नियुक्त गर्नेबारे टुंगो लगाइसकेको थियो ।

राष्ट्रसंघको सबै भन्दा बढी राजनीतिक समन्वय हुने निकायमा १० बर्ष विताएका उनी सन् १९९५ देखि २००२ सम्म पोर्चुगलका प्रधानमन्त्रीसमेत थिए । सोसलिस्ट इन्टरनेसनलको अध्यक्ष समेत रहेका उनले नेपालको भ्रमण समेत गरेका थिए । उनी अध्यक्ष रहँदा उक्त सोसलिस्ट इन्टरनेसनलमा कांग्रेस सभापति शेरबहादुर देउवा उपाध्यक्ष थिए ।

भूटानी शरणार्थी समस्या समाधान गर्नका लागि उनले नेपालमा आएर सार्वजनिक मञ्चमै धारणामात्रै राखेका थिएनन्, नेपाललाई कूटनीतिक दबाब दिएका थिए । उनी २००५ देखि २०१५ सम्म संयुक्त राष्ट्रसंघको शरणार्थी मामिला सम्वन्त्री उच्चायुक्तको मुख्यालयमा प्रमुखको रुपमा रहेका थिए । उच्चायुक्त हुँदा विश्व देखेको र समस्यालाई समेत बुझेको हुनाले उनको राष्ट्रसंघीय महासचिवको कार्यकाल पनि सफल रहने बताइएको छ ।(एजेन्सी)

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!