उर्जाराष्ट्रिय समाचार

मेवाखोला हाइड्रोपावरको बत्ती दसैँपछि मात्र

खोटाङ, असोज २०। जिल्लामा सञ्चालन हुन लागेको मेवाखोला हाइड्रोपावरको काम वर्षा र पहिरोको क्षतिका कारण केही समय पछि धकेलिएको छ। असोज दोस्रो साताभित्र बत्ती बाल्ने घोषणा गरेर काम अगाडि बढाइएको भए पनि वर्षा र पहिरोका कारण दसैँपछिका लागि धकेलिएको हो।

आयोजनाको प्रवद्र्धक साप्सु–कालिका हाइड्रोपावर कम्पनी प्रालिका प्रबन्ध निर्देशक अर्जुन राईले लगातारको वर्षापछि झरेको पहिरोले हाइड्रोपावरको ५५ मिटर क्यानल भत्काएको, मेसिन ‘टेस्टिङ’ र ‘कमिसनिङ’का लागि झिकाइएका चिनियाँ विज्ञको टोलीलाई निर्माणस्थलसम्ममा पुयाउन नसक्दा काठमाडौँबाटै फिर्ता पठाउनुपरेको लगायतका कारण बत्ती बाल्ने योजना केही समयपछि धकेलिएको जानकारी दिएका छन्।

समुदाय र बैंकको करिब २१ करोड ५० लाखको लगानीमा पूरा हुने हाइड्रोपावरबाट उत्पादित बत्तीलाई नेपाल विद्युत् प्राधिकरणको बुइपास्थित सवस्टेसनमार्फत केन्द्रीय प्रसारण लाइनमा जोड्ने काम मात्र बाँकी रहेको प्रबन्ध निर्देशक राईले जानकारी दिए। (रासस)

 

 

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!