के हो सल्लाको खोटो ?
के हो सल्लाको खोटो ? सल्लाको खोटो भनेको रानी सल्लो र खोटे सल्लोको काण्डबाट निस्कने चोप हो । खोटे सल्लो भित्र ठूलो मात्रामा टक्सिफोलिन (Taxifolin) पाईन्छ । यस्तो सल्लो चुरे र मध्यपहाडमा पाइन्छ । एउटा रुखबाट ८ महिना खोटो निकाल्न सकिन्छ । रुखको बोक्रा ताछेर ‘ग्रुप’ काटिन्छ र कोनिकल सोलीमा खोटो जम्मा गरिन्छ । न्युनतम एक सातामा सोली भरिएपछि खोटो टीनमा खन्याइन्छ ।
औध्योगिक रुपमा खोटे सल्लाको खोटो जम्मा गरिन्छ । खोटोको आसवनपछि शीघ्रवाष्पशील सगंध तेल निस्कन्छ जसलाई टरपेन्टाइन भनिन्छ र यसको साधै शीघ्रवाष्प नहुने रोजिन उत्पादन हुन्छ । खोटे सल्लाको खोटोमा रोजिन र टरपेन्टाइनको मात्र करिब क्रमश ७५% र २२% (३%क्षय) हुन्छ ।
टरपेन्टाइन बिषेश गरि औषधि उत्पादन, अत्तर उद्योग, सल्लाको सिन्थेटिक तेल, किटनाशक औषधि, पदार्थहरूको प्रकृति परिवर्तन सामाग्री आदि कार्यमा घोलकको रुपमा प्रयोग गरिन्छ । टरपेन्टाइन तारपिन रसायनिक पदार्थहरूको सिंथेसिस उत्पादनमा प्रयोग हुने एउटा सबभन्दा महत्वपूर्ण आधारभुत कच्चा पदार्थ हो । तारपिन धेरै औद्योगिक प्रकृयाहरूमा प्रयोग गरिन्छन जस्तै टाँस्ने पदार्थ, कागज, रबर आदिको उत्पादन।
एउटा रुखमा एक एमएमका ३२ वटा ग्रुप काटेर खोटो संकलन गरिन्छ । संकलन गरिएको खोटो घाटगद्दी पछि वन कार्यालयसंग प्रमाणित गराएर छुटपूर्जी लिइन्छ । र कम्पनीले कारखानामा ढुवानी गर्छन् । खोटो १० प्रतिशत नेपाल र ९० प्रतिशत भारत निकासी हुन्छ । कागजलाई चिल्लो पार्न र पेन्ट्स, गम, अगरबत्ती, साबुनमा रोजिन प्रयोग हुन्छ । खोटोबाट तेल पनि निस्किन्छ । त्यसलाई रोजिन भनिन्छ । त्यसको प्रयोग पनि पेन्ट्सलगायतमा हुन्छ ।
खोटे सल्लाको रोजिन कागज, साबुन, श्रृंगार का सामाग्री, रंग-रोगन, रबर, पोलिस आदिको उत्पादनमा प्रयोग गरिन्छ । यस बाहेक अन्य पदार्थको उत्पादनको प्रकृयामा पनि रोजिनको प्रयोग गरिन्छ । यी मध्ये केहि पदार्थ तथा प्रकृयाहरू हुन – लिनोलियम, बिस्फोटक पदार्थहरू, किटनासक, विजघ्न पदार्थ, शराब उत्पादन, खानीज उत्पादन, इलेक्ट्रोनिक्सको सोल्डर गर्दा प्रयोग गरिने सहयोगी लेदो आदि । नेपालको अत्तरियामा एउटा पुरानो र ठूलो रोजिन एण्ट टर्पेन्टाइन उत्पादन कारखाना थियो । यसको लागि आवश्यक खोटो सेती अंचलका पहाडी जिल्लाहरूमा जम्मा गरिन्थ्यो। आर्थिक संकटमा परी उक्त कारखाना बन्द भएको जानकारी आएको छ ।