अन्तर्राष्ट्रिय समाचार

नासाले सार्वजनिक गर्‍यो नेपाली पहाडको झल्को दिने मंगल ग्रहका नयाँ तस्वीरहरु

काठमाडौं, भदौ २८। अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था (नासा)ले अन्तरिक्षमा पठाएको यान ‘क्युरियोसिटी’ले मंगल ग्रहका केही तस्वीरहरु पृथ्वीमा पठाएको छ । ती तस्वीरहरु नासाले ३ तीनअघि सार्वजनिक गरेको हो । क्युरियोसिटी यान सन् अगस्ट ६, २०१२ का दिन करिब २४ हजार करोड माइल दूरी तय गर्दै मंगल ग्रहमा उत्रिएको थियो। स्मरण रहोस्,न्युक्लियर फ्युलबाट सञ्चालित हुने ‘क्युरियोसिटी रोवर अभियान’को लागत लगभग साढे दुई अर्ब डलर रहेको छ ।

सार्वजनिक गरिएका मंगल ग्रहका नयाँ तस्वीरहरुले नेपाली पहाडको झल्को दिन्छन । नासाका अनुसार मंगल ग्रहमा चट्टान र डाँडाकाँडा पनि रहेका छन । जसले मंगल ग्रहमा मानव वस्ती सम्भव हुने देखाएको छ। सन् २०३० सम्ममा मंगलग्रहमा मानव वस्ति बसाल्ने लक्ष्यमा साथ नासाले मंगल ग्रहको अनुसन्धान गरिरहेको छ।

मंगलग्रहमा पठाइएको ‘क्युरियोसिटी मार्स रोभर’ले गत सेप्टेम्बर ८  मा सो तस्वीर खिचेको बताइएको छ । क्युरियोसीटीमा जडित ‘मास्टक्याम’ नामक क्यामेराले यी तस्वीरहरु खिचेका हुन् । यसरी प्राप्त भएका तस्वीरहरुलाई जोडेर अन्तरिक्ष अनुसन्धानकर्ताहरुले थप निष्कर्ष समेत निकाल्ने बताइएको छ । यसबाट मंगल ग्रहबारे धेरै नयाँ तथ्य पत्ता लाग्ने अनुमान छ।

 हेनुहोस ती तस्वीरहरु: 

स्रोत : अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था (नासा)

मंगल ग्रहका नयाँ तस्वीरहरु 5
मंगल ग्रहका नयाँ तस्वीरहरु 4
मंगल ग्रहका नयाँ तस्वीरहरु 3
मंगल ग्रहका नयाँ तस्वीरहरु 2
मंगल ग्रहका नयाँ तस्वीरहरु 1

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!