खानपान

जाडोमा अकबरे खुर्सानी खानुका फाइदाहरु

कोही कोहि मानिसहरुलाई भान्सामा खुर्सानी नभई खाना नै रुच्दैन । त्यसैले उनीहरु खुर्सानी सधै बजारबाट ल्याएर भान्सा कोठामा राख्ने गर्छन । तपाई पनि खुर्सानी किन्न जानुहुन्छ भने याद राख्नुहोस् तपाईले छनोट गर्ने कुनै खुर्सानी अमृत हो भने कुनै विष हो । तपाई हाम्रै घरमा पाइने अकबरे अर्थात डल्ले खुर्सानीले खानाकाे स्वाद बढाउनुका साथै औषधिका रुपमा पनि प्रयाेग हुन्छ । याे खुर्सानी खाँदा अरू खुर्सानीकाे तुलनामा अति नै पिराे हुन्छ तर याे नियमित खान सके स्वास्थ्यमा निकै नै फाइदा पुग्छ ।

खुर्सानी खानु स्वास्थ्यका कारण राम्रो नभएर चिल्लो पिरो कम गर्नुहोला भनेर चिकित्सकले भन्ने गर्नुहुन्छ । तर तपाई हामीलाई यो जानकारी हुन जरुरी छ की चिकित्सकको रोजाई र स्वास्थ्य क्षेत्रले नै प्रमाणित गरेको कुरा यो छ की अकबरे खुर्सानी मानिसका लागि अति नै उपयोगी हो । तपाई हाम्रो गाँउ घरमा पाइने डल्ले अर्थात रातो खुर्सानी औषधीको रुपमा प्रयोग हुदै आएको छ ।अकबरे खुर्सानीको नियमित सेवनले अन्य धेरै फाइदाहरु पनि हुन्छ ।

१. अकबरे खुर्सानीको नियमित प्रयोगले ग्यास्टिक तथा अल्सर जस्ता रोगको औषधि समेत हुन्छ ।

२. अकबरे खुर्सानीमा पाइने क्याप्सिसिनका कारण रोगीलाई फाईदा पुग्ने बताइएको छ ।

३. यसकाे नियमित सेवनले माेटाेपन घटाउनुका साथै अन्य विभिन्न राेगहरू निकाे पार्छ ।

४. रगतमा चिनिकाे मात्रा घटाउनुका साथै यसले हाडजोर्नी लगायतका दुखाई घटाउछ ।

५. विशेष गरेर अकबरे खुसार्नी हालेर बनाइएको परिकारमा किटाणुको संक्रमण कम हुन्छ भने यसले थकाइ पनि मेटाउछ ।

६. यसकाे नियमित सेवन पिसावको बिरामीलाई समेत लाभदायी हुन्छ ।

यो पनि पढ्नुहोस्  

सिस्नु खानुका फाइदै फाइदाहरु

तिते करेला खानुका फाइदाहरु

सुन्तला खानुका फाइदाहरु के के छन् ?

जाडोमा बदाम खानुका फाइदै फाइदाहरु

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!