उर्जाराष्ट्रिय समाचार

अरुण काबेली हाइड्रोले ३० करोडको साधारण शेयर निष्काशन

असोज २१ । २५ मेगावाटको बिद्युत आयोजना निर्माण गरिरहेको अरुण काबेली पावर (AKPL) ले ३० करोड रुपैंया बराबरको ३० लाख कित्ता साधारण शेयर निष्काशन गरेको छ । कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि साधारण शेयर निष्काशन गरेको हो । यसअघि कम्पनीले पाँचथर र ताप्लेजुङका आयोजना प्रभावित स्थानीय बासिन्दालाई १५ लाख कित्ता शेयर वितरण गरिसकेको छ ।

लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँको दरले न्युनतम ५० कित्ता अर्थात् ५००० रुपैयाँ र अधिकतम १५ हजार कित्ता अर्थात १५ लाख रुपैयाँसम्म आवेदन दिन पाउनेछन् । कम्पनीको शेयर निष्काशन तथा विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।

कम्पनीको साधारण शेयरमा लगानीकर्ताले आगामी कात्तिक ९ गतेबाट छिटोमा कात्तिक १२ गते र ढिलोमा २३ गतेसम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले अरुण काबेलीको कार्यालय थापाथली ट्रेड टावर र सिद्धार्थ बैंकका उपत्यका भित्र र बाहिरका विभिन्न शाखाहरु मार्फत आवेदन गर्न सक्ने कम्पनीले जनाएको छ ।

आयोजनाको सेयर निस्कासन तथा विक्री प्रधन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।

हाल कम्पनीको चुक्तापूँजी १ अर्ब २० करोड रहेको छ । सर्वसाधारणमा ३० करोड रुपैयाँको शेयर जारी पश्चात चुक्तापूँजी १ अर्ब ५० करोड पुग्नेछ । आयोजनामा सस्थापक समूहको १ अर्ब ५ करोड रुपैयाँ लगानी छ । अरुण काबेली पावर अरुण भ्याली हाइड्रोपावरको सहायक कम्पनी हो ।

कम्पनीको शेयरलाई इक्रा नेपालले ग्रेड फोर प्लस रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको अवस्था औसत भन्दा कमजोर रहेको जनाउँछ ।

साभार : मेरो लगानी डट कम

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!