शिरोधाराका फाइदाहरू
शिरोधारा आयुर्वेदिय पञ्चकर्म विज्ञान अन्र्तगत पर्ने लोकप्रिय सुख चिकित्सात्मक उपचार विधि हो । निधार वा शिरमा निरन्तर स्नेहन द्रव्य धारा दिएर गरिने उपचार भएकाले यसलाई शिरोधारा भनिएको हो । रोगावस्थ वा रोगीको प्रकृति हेरेर तेल, घ्यु, दुध, मोहि वा सादा पानी जस्ता पदार्थलाई सिधै अथवा आयुर्वेदिय औषधिहरु मिलाएर शिरोधारा दिइन्छ ।
स्वस्थ्य व्यक्तिको लागि भने औषधिय द्रव्य नराखीकन सादा तेल (तिल, लेभेन्डर, वदाम) को धारा दिइन्छ । आयुर्वेदिय मान्यता अनुसार हाम्रो शरीर, मन र आत्माको गहिरो अन्तर्सम्वन्ध छ । यो सम्वन्ध प्रगाढ रहिरहे प्रतिरक्षा प्रणाली शसक्त भइ हामी स्वस्थ्य भइरहन सक्छौ । शिरोधारा यस्तो उपचार विधी हो, जसले जीवनका यी तीनै पक्षलाई पूर्नताजगी गराएर रोगवाट निरोग र निरोगवाट स्वस्थ्य वनाउनछ ।
जापानमा युवावा के. र साथीहरुले गरेको अनुसन्धानमा शिरोधारा गर्नेहरुको मानसिक तनाव कमि र चित्तको अवस्थामा परीवर्तन पाइएको थियो भने तनावका लागि जिम्मेवार हार्मोनहरु नरएड्रिलानिको रक्त मात्र र मुत्रमा सेरोटोनिनको निष्कासन कम पाइयो । थाइरोट्रोपिन रिलिजिङ हार्मोन, डोपामाइन र नेचुरल किलर सेलहरुको सक्रियताले शिरोधारा प्रतिरक्षा प्रणाली शसक्त गर्ने विधि हो भन्ने मतलाई अझ पुष्टि गरिदियो ।
विधि
शिरोधाराका लागि पेट हल्का खाली हुनुपर्छ । नसामा रहेकाहरु, वाथ व्याधीले ग्रस्त, ढाड तथा घाटीका समस्यले ग्रस्त, निधारका घाउ खटिरा र स्नेहन द्रव्य एलर्जी भएकाहरुले गर्नु हुन्न । गर्नुभन्दा अघि मुख अभ्यङ्ग¨ गर्नुपर्छ । तत्पच्छात धारा टेवलमा उत्तानो परेर आरामपूवर्क सुतेपछि आखामा तेल नपरोस भनेर पट्टि वाधिन्छ । तेलको उचित तपक्रम जाचेर तेललाई विस्तारै निधारमा झर्न दिनुपर्छ । यो क्रम ४५ मिनेटदेखि १ घण्टासम्म जारी रहन्छ । समय पुरा भएपछि तेल पुछेर मनोरम स्थानमा गएर आराम गर्न लगाइन्छ ।
फाइदाहरु
विविध रोगहरु जस्तै आखाका समस्या, पिनास, माइग्रेन, एलर्जीक राइनाइटिस, कपाल फूल्ने, निन्द्रा नलाग्ने, तनाव, चिन्ता, भय,उदासिन्ता, स्मृतिनास, कान वज्ने, रिंगटा लाग्ने, श्रवण शक्तिको क्षय जस्ता समस्यमा अत्यन्त लाभदायक छ । मनोशारीरिक रोगहरु जस्तै उच्च रक्तचाप, मधुमेह, प्रमेह, स्वरियसिस, दम आदिमा फाइदा पु¥याउछ । तनाववाट मुक्ति, शान्तिको महषुस र स्वर्गिय आनन्दको अनुभूति गर्नेहरुले शिरोधारालाई प्राथमिकताका साथ छनौट गरेको पाइएको छ । शरीर, आत्मा र मनको पूर्नताजगी गराइ आध्यत्मिक शक्तिको जागरण, एकाग्रता,ध्यान, लय, स्मृति र प्रखर संभाषण जस्ता चित्त शक्तिलाई वढाउदछ ।
*डा. हेमराज कोइराला योगी चितवनको भरतपुर-१, वागीश्वरी स्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडीकल डाईरेक्टर हुन् ।
यो पनि पढ्नुहोस्
प्राकृतिक चिकित्साका अनुसार रोगका कारणहरु
नसा च्यापिने समस्या र यसको उपचार
टाउको दुख्ने समस्या र यसको उपचार