विज्ञान जिज्ञासा

टेलिभिजनले कसरी काम गर्छ ?

टेलिभिजनले प्रसारण गरिएको सङ्केतलाई दॄश्य र ध्वनीमा परिवर्तन गर्छ । टेलिभिजन भन्ने शब्दको शाब्दिक अर्थ परको कुरा हेर्नु हो र टेलिभिजनले गर्ने त्यही नै हो, हामीलाई पर रहेको वस्तुहरु देखाउने गर्छ। टेलिभिजनका दृश्य सेटेलाइट प्रविधिवाट आएको हो । टेलिभिजनमा हामीले देख्ने भनेको वस्तुहरुको प्रतिछायाँ मात्र हो । टेलिभिजनमा यस्ता छायाँ उत्पादन गर्नको लागि इलेक्ट्रोन ट्युव र अरु उपकरणको प्रयोग भएको हुन्छ । टेलिभिजनमा दृश्यसँगसँगै आवाजको पनि प्रसारण गरिएको हुन्छ । त्यसैले गर्दा हामी टेलिभिजनमा दृश्यसँगसँगै आवाज पनि सुन्न सक्छौँ । वास्तवमा टेलिभिजन ट्रान्समिटर, क्यामेरा जस्तो हुन्छ, यसले तस्वीरहरुलाई विद्युतीय करेन्टमा परिवर्तन गर्ने काम गर्दछ ।

टेलिभिजनमा रहेको प्रमुख उपकरण जसले यो परिवर्तन गर्ने काम गर्छ, त्यसलाई फोटो ईलेक्ट्रिक सेल अथवा फोटो सेल भनिन्छ । यो फोटो सेल एउटा विद्युतीय उपकरण हो जसमा एक विशेष प्रकारको सतह रहेको हुन्छ । यसैद्वारा टि.भिमा दृश्यहरु आउने गर्छ । पृथ्वी गोलाकार छ । यसको कारण टावरबाट फ्याँकिएका टेलिभिजनका संकेतहरू टावरबाट सजिलै धेरै टाढासम्म पुर्‍याउन सकिँदैन । यस्तो अवस्थामा धेरै टावर राख्नुपर्ने हुन्छ । यसो गर्दा खर्च बढी हुन्छ । सेटेलाइटबाट प्रसारण गर्दा सस्तो पर्छ । गुणस्तर पनि राम्रो हुन्छ । टेलिभिजनहरूले प्रसारण गर्ने श्रव्य र दृश्यलाई सिंग्नलको रूपमा परिणत गरेर सेटेलाइटमा पुर्‍याउँछन् । सेटेलाइटले उक्त संकेतलाई हाम्रो घरमा जडान गरिएको डिस्क वा केवल च्यानलले राखेको डिस एन्टेनामा छोड्छ । यस्ता अपरेटरहरूले तार मार्फत् उक्त संकेतलाई श्रव्य र दृश्यको माध्यमबाट हाम्रो घरमा रहेको टेलिभिजन सेटमा आउने गर्छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!