राष्ट्रिय समाचार

विज्ञान तथा प्रविधिलाई राष्ट्रिय प्राथमिकतामा राख्ने लडाइँमा छु : मन्त्री सिंह

बैशाख ११, २०७४, ललितपुर । विज्ञान तथा प्रविधि मन्त्री प्रेमबहादुर सिंहले नेपाली वैज्ञानिकहरु विदेश पलायन हुने रोक्ने बताउनु भएको छ । विश्व डिएन डेको अवसरमा बायोटेक्नोलोजी सोसाइटी अफ नेपालले आयोजना गरेको कार्यक्रममा मन्त्री सिंहले विज्ञान र प्रविधिलाइ राष्ट्रिय प्रथामिकतामा राख्दै वैज्ञानिकहरुलाई नेपालमै रोजगारीको अवसर सिर्जना गर्ने बताउनु भएको हो । ‘विज्ञान र प्रविधीलाई राष्ट्रिय प्रथामिकतामा राख्ने लडाई म तपाईहरुसँगै छु’ नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानमा आयोजित कार्यक्रममा मन्त्री सिंहले भने, ‘विज्ञान प्रविधिलाई प्रथामिकतामा नराख्ने हो भने नेपाली वैज्ञानिकको विदेश पलायन रोक्न पनि सक्दैनौं ।’ उनले नेपाली वैज्ञानिकलाई अवसर सृजना गर्न र उनीहरुको उचित प्रतिभालाई प्रोत्साहन गर्न आफूले विशेष कार्यक्रमहरु बनाइरहेको जानकारी दिए ।

डिएनए डेका अवसरमा सोमबार र मंगलबार दुई दिने कार्यक्रम आयोजना गरेको छ । प्रतिष्ठान, काठमाडौं विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय लगायतको सहयोगमा कार्यक्रमको आयोजना भएको हो । दिवसका अवसरमा प्रतिष्ठानमा बायोटेक्नोलोजीका विभिन्न कलेजका विधार्थी, सस्था र नेपाल कृषि अनुसन्धान परिषद् लगायतले स्टल राखेका छन् । डिएनए डेको अवसरमा मंगलबार विभिन्न विधामा उत्कृष्टहरुलाई अवार्ड प्रदान गरिने कार्यक्रम रहेको छ । प्रतिष्टानका अनुसार रिसर्च साइन्टिस्ट, बेस्ट बायोटेक स्टुडेन्ट, लाइफ टाइम अचिभमेन्ट अवार्ड दिनुका साथै विभिन्न प्रतियोगिताको उत्कृष्ट विद्यार्थीलाई समेत पुरस्कृत गरिनेछ ।

डिएनए डबल हेलिक्स पत्ता लागेको ५० वर्षको उपलक्ष्यमा सन् २००२ अप्रिल २५ देखी विश्वभर यो दिवस मनाउन सुरु गरिएको हो । नेपालमा डिएनए डे मनाउन जैविक प्रविधी समाज नेपालले सुरु गरेको हो । जैविक प्रविधि समाज नेपालले सन् २००८ देखी यो दिवस मनाउन थालेको हो । २००९ मा डिएनए डकुमेन्ट्री सो, २०१२ मा जैविक प्रविधी सम्मेलन, २०१३ मा दुई दिने जैविक प्रविधी फेयर र त्यसैगरी २०१४ र २०१६ मा पनि मनाएको थियो ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!