सन् २०१७ को नोबेल शान्ति पुरस्कार नर्वेली संस्थालाई
एजेन्सी, असोज २० । सन् २०१७ को नोबेल शान्ति पुरस्कार नर्वेली संस्था इन्टरनेसनल क्याम्पेन टु एबोलिस न्युक्लियर विपन्स (आईसीएएन) लाई दिइने भएको छ । परमाणु हतियारहरुको कुनै पनि उपयोगको विनासकारी मानवतावादी परिणामहरु तथा त्यस प्रकारका हतियारहरुको सन्धि-आधारित निषेधलाई प्राप्त गर्नका लागि स्थलगत विष्फोटक प्रयासहरुमा ध्यान आकषिर्त गरेका कारण’ उक्त संस्थाले विश्वकै प्रतिष्ठित पुरस्कार पाएको हो ।
नर्वेली नोबेल कमिटीका अध्यक्ष बेरिट रेस एन्डर्सनले उक्त पुरस्कार घोषणा गर्दै नौ लाख स्विडिस क्रोनरको यो पुरस्कार ओस्लोमा दिइने छ । सन् १९०१ यता एक सय ३० जना उक्त पुरस्कारबाट सम्मानित भइसकेका छन् । तीमध्ये सबैभन्दा कान्छी पाकिस्तानी नागरिक १४ वर्षीया मलाला युसुफजाईलाई सन् २०१४ मा प्रदान गरिएको थियो ।